यशैया 57:12

अनलक शाब्दिक बाइबल

तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:11-15 : 11 परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न । 12 तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ? 13 व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ । 14 तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु । 15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
  • मीका 3:2-4 : 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ । 4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।”
  • मत्त 23:5 : 5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍त्रका झुम्काहरू लामो पार्दछन् ।
  • मत्त 23:13 : 13 तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
  • रोमी 3:10-20 : 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन । 11 बुझ्ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन । 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन । 13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ । 14 तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् । 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् । 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । 18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन । 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् । 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
  • यशा 29:15 : 15 परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”
  • यशा 58:2-6 : 2 तापनि तिनीहरूले दैनिक रूपमा मलाई खोज्छन् र मेरा यपायहरूका ज्ञानमा खुसी हुन्‍छन्, जसरी एउटा जातिले धार्मिकताको अभ्यास गरे र आफ्‍ना परमेश्‍वरको व्यवस्था त्यागेनन् । तिनीहरूले मसँग धार्मिक न्यायको निम्ति बिन्ती गर्छन् । परमेश्‍वर नजिक आउनुहुने विचार गरेर तिनीहरू खुसी हुन्छन् । 3 तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ । 4 हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्‍नो दुष्‍टताको मुक्‍‍काले हान्‍न उपवास बस्छौ । तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ । 5 के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ? 6 के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्‍नू?
  • यशा 59:6-8 : 6 तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्‍ना कामहरूले आफूलाई ढाक्‍न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् । 7 तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् । 8 शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
  • यशा 64:5 : 5 जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।
  • यिर्मि 7:4-9 : 4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!' 5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने, 6 तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने, 7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ । 8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् । 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ? 10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ? 11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’
  • यशा 66:3-4 : 3 जसले गोरु मार्छ त्यसले मानिसको हत्या पनि गर्छ । जसले थुमा बलि चढाउँछ, त्यसले कुकुरको घाँटी पनि भाँच्छ । जसले अन्‍नबलि चढाउँछ त्यसले सुँगुरको रगत पनि चढाउँछ । जसले सम्झना स्वरूप धूप चढाउँछ, त्यसले दुष्‍टतालाई पनि आशिष् दिन्‍छ । तिनीहरूले आफ्नै मार्गहरू रोजेका छन् र आफ्‍ना घृणित थोकहरूमा तिनीहरू रमाउँछन् । 4 त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”
  • रोमी 10:2-3 : 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । 3 किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 13तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्‍मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् । बरु, हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ ।

  • अय्यू 35:7-8
    2 पदहरू
    73%

    7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?

    8जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।

  • 8हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।

  • 11“तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।

  • 3किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र?’

  • 6तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।

  • 4क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।

  • 11त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस् ।

  • 15तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”

  • 7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’

  • 12के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?

  • 16तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

  • 17तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”

  • यशा 54:14-15
    2 पदहरू
    71%

    14धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।

    15हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।

  • 10तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।”

  • 6उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।

  • यशा 41:11-12
    2 पदहरू
    70%

    11हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।

    12तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् ।

  • यहे 33:12-13
    2 पदहरू
    70%

    12यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्‍ट मानिसले आफ्नो पापबाट पश्‍चात्ताप गर्छ भने त्यसको दुष्‍टताले त्यो नष्‍ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन ।

    13मैले धर्मीलाई यसो भनें, “त्‍यो निश्‍चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्‍टताको कारणले त्यो मर्नेछ ।

  • 12तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।

  • 28तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।

  • भजन 50:21-22
    2 पदहरू
    70%

    21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

    22हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।

  • 6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।

  • 32यो परमप्रभु परमेश्‍वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्‍जित र अपमानित होओ ।

  • 70%

    13म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।

    14त्यसपछि तैंले नचिन्‍ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”

  • 23तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’

  • 9किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'

  • 24हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ ।

  • 2दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ ।

  • 14तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।

  • 2तपाईंको सेवकलाई इन्‍साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन ।

  • 6हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,

  • 25मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।

  • 22आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न ।

  • 8के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?

  • 1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन्? सबै विश्‍वासहीन मानिस सफल छन् ।

  • 19मैले गुप्‍तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्‍वस्‍ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।

  • 17तर दुष्‍ट मानिसहरूलाई तपाईं न्‍याय गर्न पूर्ण हुनुहुन्छ । इन्साफ र न्यायले तपाईंलाई समातेका छन् ।

  • 21किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।

  • 21तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्‍ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।

  • 15त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।

  • 13“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’

  • 12वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्‍ट पारिनेछ ।

  • 6के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र?

  • 6तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।