यशैया 41:9

अनलक शाब्दिक बाइबल

तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 1:26-29 : 26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन । 27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो । 28 परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो । 29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
  • याक 2:5 : 5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र?
  • प्रका 5:9 : 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
  • व्यव 7:6-7 : 6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ । 7 अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ ।
  • यहो 24:2-4 : 2 यहोशूले सबै मानिसलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे । 3 तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ । 4 त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
  • १ शमू 12:22 : 22 उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ ।
  • नहे 9:7-9 : 7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो । 8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ । 9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो । 10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ । 11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो । 12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो । 13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो । 14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो । 15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो । 16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । 17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन । 18 तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि 19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे । 20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो । 21 चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् । 22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे । 23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो । 24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो । 25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए । 26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे । 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए । 28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो । 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो । 31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ । 32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् । 33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ । 34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् । 35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के । 36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ । 37 हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ! 38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”
  • भजन 94:14 : 14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्‍नुहुन्‍न ।
  • भजन 107:2-3 : 2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ । 3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।
  • यशा 41:2 : 2 आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ । आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन् ।
  • यशा 41:8 : 8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,
  • यशा 43:5-6 : 5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु । 6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्‍पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्‍नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्‍याओ ।
  • यिर्मि 33:25-26 : 25 म, परमप्रभु यसो भन्‍छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए, 26 मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”
  • लू 13:29 : 29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आइपुग्‍नेछन् र परमेश्‍वरको राज्यको भोजमा रमाउनेछन् ।
  • रोमी 11:1-2 : 1 ¶ त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,

  • यशा 44:1-2
    2 पदहरू
    84%

    1¶ ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:

    2परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।

  • 3उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्‍नो महिमा देखाउँछु ।”

  • 4मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्‍ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।

  • 6“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,

  • यशा 49:5-8
    4 पदहरू
    79%

    5अब परमप्रभु बोल्‍नुभएको छ—उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ—

    6अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।”

    7जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”

    8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 21ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।

  • 1¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।

  • 10नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।

  • 1¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।

  • 10हेर, तिमीहरूलाई मैले शुद्ध पारें, तर चाँदीलाई झैं होइन । तिमीहरूलाई मैले दुःखकष्‍टको भट्टीमा शुद्ध पारेको छु ।

  • 16मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।

  • 23सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु! परमप्रभु घोषणा गर्नुहुन्छ!’”

  • 15म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।

  • यशा 43:4-5
    2 पदहरू
    73%

    4तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।

    5नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु ।

  • 18“हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।

  • 10परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ ।

  • 1¶ ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।

  • 44मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।

  • 13ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।

  • 21यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।

  • 7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।

  • 19धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।

  • 9याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन् ।

  • 72%

    10यो परमप्रभुको घोषणा हो, त्‍यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।

    11किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'

  • 8अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।

  • 19मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ ।

  • यशा 41:13-14
    2 पदहरू
    72%

    13किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'

    14नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।

  • 43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।

  • 72%

    27तर ए मेरो दास याकूब, तँ नडरा । ए इस्राएल, तँ हताश नहो, किनकि हेर्, मैले तँलाई धेरै टाढाबाट र तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु । तब याकूब फर्कनेछ, शान्ति पाउनेछ र सुरक्षित हुनेछ, र उसलाई आतङ्कित पार्ने कोही हुनेछैन ।

    28ए मेरो दास याकूब, तँ नडरा, यो परमप्रभुको घोषणा हो— किनभने म तँसित छु, यसैले मैले तँलाई जहाँजहाँ छरपष्‍ट पारें त्‍यहाँका सबै जातिहरूको विरुद्धमा म पूर्ण विनाश ल्याउनेछु । तर म तँलाई भने पूर्ण रूपमा नष्‍ट गर्नेछैनँ । तापनि म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, र म तँलाई निश्‍चय पनि दण्डविना छाड्नेछैनँ ।”

  • 4किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ ।

  • 6ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।

  • 9तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।'

  • 7तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।

  • 6किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ ।

  • 13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

  • 1¶ परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।

  • यशा 41:24-25
    2 पदहरू
    71%

    24हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ ।

    25उत्तरबाट मैले एक जनालाई खडा गरेको छु, र त्यो आउँछ । सुर्य उदय हुने दिशाबाट त्यसलाई म बोलाउँछु, जसले मेरो नाउँ पुकार्छ, अनि हिलोलाई झैं, माटोलाई कुल्चने कुमालेले झैं त्यसले शासकहरूलाई कुल्चनेछ ।

  • 70उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

  • 7“यो परमप्रभुको घोषणा हो, ए इस्राएलका मानिसहरू हो, के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्तै होइनौ? के मैले इस्राएलीहरूलाई मिश्रदेशबाट, पलिश्‍तीहरूलाई कप्‍तोरबाट, र अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ र?

  • 2किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।