१ इतिहास 18:7
हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्याए ।
हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्याए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3त्यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्त गरे ।
4दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।
5जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।
6तब दाऊदले दमसकसको आराममा छाउनी राखे र आरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्याए । दाऊद जहाँजहाँ गए, त्यहाँत्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
7दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।
8हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।
9दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,
10तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए ।
11राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,
12ती आराम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।
8तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्तम्भहरू र काँसाका विभिन्न भाँडाहरू बनाए ।
9जब दाऊदले सोबाका राजा हददेजेरका जम्मै सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,
10तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।
11दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।
2तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।
3सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो राज्य स्थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।
4एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।
5जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।
6तब दाऊदले दमस्कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो ।
54दाऊदले त्यो पलिश्तीको शिर लिए र त्यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
10तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्डरहरूलाई दिए ।
9यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्दिर कोषहरू र राजाको महलका भण्डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।
10रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्डरहरूका जिम्मामा दिए ।
29त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्यो कब्जा गरे ।
30दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।
2दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्यसमा बहुमूल्य रत्नहरू जडिएका थिए । त्यो शिरपेच दाऊदको आफ्नो शिरमा लाइयो, र तिनले त्यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।
19हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्यै अम्मोनीहरूलाई सहायता दिनलाई राजी भएनन् ।
9त्यसपछि कमाण्डरहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्याइदिए ।
16त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्डर शोबाक तिनीहरूको अगिअगि गए ।
17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।
17तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए । प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो । राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे ।
26तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए ।
27राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए ।
41त्यो पलिश्ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्ने उसको अगि थियो ।
16जब अरामीहरूले आफू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्डर शोपकको कमाण्डमा भएका अरू अरामी सेनालाई बोलाए ।
17जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।
16पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।
20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
57जब त्यो पलिश्तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
17त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के ।
18यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।
24तिनले ओबेद-एदोमको जिम्मामा राखिदिएका, परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र चाँदी र सबै भाँडाहरू, र राजमहलमा भएका बहुमूल्य थोकहरू र कैदीहरूलाई पनि लगे, र सामरियामा फर्के ।
15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।
15यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।
9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्थे र आकीशकहाँ आउँथे ।
38शाऊलले दाऊदलाई आफ्नो पोशाक लगाइदिए । तिनले उनको शिरमा काँसाको टोप लगाइदिए । तिनले उनलाई झिलम पहिर्याइदिए ।
30यरूशलेममा हाम्रा परमेश्वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।
19जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।
7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।
3त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।