२ शमूएल 12:29

अनलक शाब्दिक बाइबल

त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 12:26-28
    3 पदहरू
    85%

    26यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।

    27त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।

    28यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइने छ ।

  • २ शमू 12:30-31
    2 पदहरू
    80%

    30दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।

    31तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।

  • १ इति 20:1-2
    2 पदहरू
    79%

    1¶ बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।

    2दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्‍यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू जडिएका थिए । त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो, र तिनले त्‍यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।

  • १ शमू 30:18-20
    3 पदहरू
    76%

    18अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्‍त गरे । अनि दाऊदले आफ्‍नी दुई जना पत्‍नीलाई पनि छुटाए ।

    19कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्‍यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।

    20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

  • 54दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।

  • 7तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।

  • 1¶ बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।

  • 9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।

  • 17जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।

  • १ इति 11:4-5
    2 पदहरू
    73%

    4दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।

    5यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए ।

  • 7तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।

  • 7हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए ।

  • 8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

  • 1¶ यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।

  • २ शमू 8:7-9
    3 पदहरू
    72%

    7दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।

    8हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।

    9दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्‍त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,

  • 3जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • 1¶ दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे ।

  • 8अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।

  • 4तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।

  • 1¶ ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”

  • २ शमू 8:11-12
    2 पदहरू
    71%

    11राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,

    12ती आराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।

  • 5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।

  • 8युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।

  • 12त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।

  • 20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

  • 48तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।

  • 10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”

  • 3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।

  • 1¶ यसपछि यस्‍तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए ।

  • 7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

  • 17अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।

  • 1¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।

  • 3सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।

  • 9त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे ।

  • 51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

  • 9जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,