२ शमूएल 21:12

अनलक शाब्दिक बाइबल

त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 31:10-13 : 10 उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे । 11 जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने, 12 तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए । 13 त्यसपछि तिनीहरूले उनीहरूका हड्‍डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।
  • यहो 17:11 : 11 इस्साखार र आशेरमा पनि मनश्शेले बेथ-शान र यसका गाउँहरू, योबलाम र यसका गाउँहरू, डोरका बासिन्दाहरू र यसका गाउँहरू, एन्दोर र यसका गाउँहरू, तानाका बासिन्दाहरू र यसका गाउँहरू, मगिद्दोका बासिन्दाहरू र यसका गाउँहरू (र तेस्रो सहरचाहिँ नपेत हो) ।
  • १ शमू 28:4 : 4 तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
  • १ शमू 31:1 : 1 ¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
  • २ शमू 1:6 : 6 ती जवान मानिसले जवाफ दिए, “म संयोगवश गिल्बो डाँडामा पुगें र त्यहाँ शाऊल आफ्नो भालामा उनिएका थिए अनि रथहरू र घडचढीहरूले उनलाई भेट्न लागेका थिए ।
  • २ शमू 1:21 : 21 ए गोल्बि डाँडा, तँमाथि कुनै शीत वा झरी नपरोस्, न त भेटीको निम्ति अन्‍न दिने मैदान नै होस्, किनकि त्यहाँ वीरहरूका ढाल अशुद्ध पारिएको छ । अब उप्रान्त शाऊलका ढालहरूमा तेल लगाइने छैन ।
  • २ शमू 2:5-7 : 5 त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ 6 अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ । 7 अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”
  • १ इति 10:1 : 1 ¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्‍तीहरूको सामुबाट भागे र गिल्‍बो डाँडामा मरे ।
  • १ इति 10:8 : 8 भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 21:13-14
    2 पदहरू
    90%

    13दाऊदले त्‍यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे ।

    14तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।

  • १ शमू 31:7-13
    7 पदहरू
    82%

    7जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्‍ना सहरहरू छाडे र भागे, अनि पलिश्‍तीहरू आए र तिनीहरूमा बसोबास गरे ।

    8भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।

    9तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्‍ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्‍तीहरूका देशभरि दूतहरू पठाए ।

    10उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्कालमा बाँधे ।

    11जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने,

    12तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।

    13त्यसपछि तिनीहरूले उनीहरूका हड्‍डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।

  • १ इति 10:7-12
    6 पदहरू
    82%

    7जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।

    8भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।

    9उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।

    10उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।

    11जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,

    12तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्‍याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्‍याए । तिनीहरूका हड्‍डीहरू त्‍यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्‍म उपवास बसे ।

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • २ शमू 2:4-5
    2 पदहरू
    77%

    4त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”

    5त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ

  • १ शमू 31:1-2
    2 पदहरू
    76%

    1¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।

    2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • 21अब पहिले पलिश्‍तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए ।

  • 54दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।

  • २ शमू 1:4-5
    2 पदहरू
    75%

    4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

    5दाऊदले ती जवान मानिसलाई भने, “शाऊल र उनका छोरा जोनाथन मरेका छन् भनेर तिमीलाई कसरी थाहा भयो?”

  • 22मारिएकाहरूको रगतबाट, वीरहरूका शरीरबाट जोनाथनका धानु पछि फर्किएन र शाऊलका तरवार रित्तो फर्केन ।

  • 8तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ ।”

  • १ इति 10:1-2
    2 पदहरू
    75%

    1¶ यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्‍तीहरूको सामुबाट भागे र गिल्‍बो डाँडामा मरे ।

    2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे ।

  • २ शमू 1:11-12
    2 पदहरू
    75%

    11त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।

    12तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।

  • 16शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।

  • 8तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।

  • 12त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।

  • 5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • 22त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।

  • १ शमू 21:9-10
    2 पदहरू
    73%

    9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

    10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।

  • 25युद्धको बिचमा वीरहरू कसरी ढलेका छन्! जोनाथन तिम्रो उच्‍च स्थानहरूमा मारिएका छन् ।

  • 22त्यसैले दाऊदले शाऊलसित शपथ खाए । अनि शाऊल घर गए, तर दाऊद र तिनका मानिसहरू माथि किल्लामा गए ।

  • 4दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।

  • 21त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो ।

  • 11अय्याकी छोरी, शाऊलकी उपपत्‍नी रिश्‍पाले जे गरेकी थिइन् त्‍यसको बारेमा दाऊदलाई भनियो ।

  • १ शमू 17:51-52
    2 पदहरू
    72%

    51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

    52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • 46त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।

  • 42त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।

  • 17तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।

  • 2अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।

  • 2त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्‍नो बुबाको घरमा फर्कन दिएनन् ।