२ शमूएल 21:8
तर राजाले अय्याकी छोरी रिश्पाका दुई जना छोराला जसलाई त्यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
तर राजाले अय्याकी छोरी रिश्पाका दुई जना छोराला जसलाई त्यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6तिनको सन्तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।”
7तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए ।
9तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।
10अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्नो निम्ति त्यो ओछ्याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्गली पशुहरूलाई खान दिइनन् ।
11अय्याकी छोरी, शाऊलकी उपपत्नी रिश्पाले जे गरेकी थिइन् त्यसको बारेमा दाऊदलाई भनियो ।
12त्यसैले दाऊद गए र शाऊल र तिनका छोरा जोनाथनका हाड्डीहरू याबेश-गिलादका मानिसहरूबाट लिएर आए, जसले बेथ-शानको चोकबाट ती चोरेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए ।
13दाऊदले त्यहाँबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिएर गए र तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्डीहरू पनि जम्मा गरे ।
49शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो ।
19तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्नीको रूपमा दिइयो ।
20तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।
21तब शाऊलले सोचे, “दाऊदसँग म त्यसकै विवाह गरिदिनेछु, ताकि त्यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्ट यसो भने, “तिमी मेरो ज्वाइँ हुनेछौ ।”
8तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्ला लिनुभएको छ ।”
9दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्टबाट बचाउनुभयो,
2अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
8तर शाऊलका फौजका कमाण्डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई लिए र महनोममा ल्याए ।
7अय्याकी छोरी रिश्पा शाऊलकी उपपत्नी थिइन् । ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरो बुबाको उपपत्नीसँग किन सुतेको?”
2पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
27ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्नी हुनलाई दिए ।
14त्यसपछि दाऊदले यसो भन्दै शाऊलका छोरा ईश्बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्तीको खलडीको मूल्य तिरें ।”
15त्यसैले ईश्बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्याए ।
4शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
5त्यसैले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
2पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
21त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्यो ।
22गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
7जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे ।
8तिनीहरू गातका रफाका सन्तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।
12मपीबोशेतको एक जना जवान छोरा थिए, जसको नाउँ मीका थियो । सीबाका घरमा बस्ने सबै मपीबोशेतका सेवकहरू थिए ।
9त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।
10तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।
2शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्सा ठानिन्छ,
33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।
34जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
8जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्छ ।”
12त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्बोशेतको टाउकोलाई लिए र त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।
12ती आराम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।
25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्ने शाऊलको विचार थियो ।
57जब त्यो पलिश्तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
7तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए ।
12तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्याए । तिनीहरूका हड्डीहरू त्यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे ।
2साहिंला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्गीतका छोरा थिए ।
40जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
12नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए ।
23त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।
4दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए । तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए,
2यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।
11जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्तीहरूले शाऊललाई गरेका कुरा सुने,
12तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
32तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।