२ शमूएल 8:12

अनलक शाब्दिक बाइबल

ती आराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 10:14 : 14 जब अम्‍मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्‍मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।
  • १ इति 18:11 : 11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।
  • २ शमू 8:2 : 2 त्यसपछि तिनले मोआबलाई परास्‍त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले ।
  • २ शमू 10:11 : 11 योआबले भने, “आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ । तर अम्‍मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउने छु र तिम्रो उद्धार गर्ने छु ।
  • १ शमू 27:8 : 8 दाऊद र तिनका मानिसहरूले विभिन्‍न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्‍ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए ।
  • १ शमू 30:20 : 20 दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
  • २ शमू 5:17-25 : 17 अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए । 18 पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए । 19 त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।” 20 त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो । 21 पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए । 22 त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे । 23 त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग । 24 जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ ।” 25 त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।
  • २ शमू 12:26-31 : 26 यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे । 27 त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु । 28 यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइने छ । 29 त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे । 30 दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए । 31 तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 8:1-11
    11 पदहरू
    83%

    1¶ यसपछि यस्‍तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए ।

    2त्यसपछि तिनले मोआबलाई परास्‍त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले ।

    3त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।

    4दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।

    5जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।

    6तब दाऊदले दमसकसको आराममा छाउनी राखे र आरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्‍याए । दाऊद जहाँजहाँ गए, त्यहाँत्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।

    7दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।

    8हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।

    9दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्‍त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,

    10तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्‍नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्‍नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए ।

    11राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,

  • २ शमू 10:6-8
    3 पदहरू
    78%

    6जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।

    7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

    8अम्‍मोनीहरू बाहिर निस्‍के र आफ्‍नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।

  • १ इति 18:2-12
    11 पदहरू
    78%

    2तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।

    3सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।

    4एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्‍जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।

    5जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।

    6तब दाऊदले दमस्‍कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो ।

    7हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए ।

    8तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए ।

    9जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,

    10तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्‍ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्‍ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्‍न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।

    11दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।

    12सरूयाहका छोरा अबीशैले नूनको उपत्‍यकामा अठाह्र हजार एदोमीलाई मारे ।

  • १ इति 19:16-19
    4 पदहरू
    77%

    16जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए ।

    17जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।

    18आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे ।

    19हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।

  • 13दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो ।

  • २ शमू 10:16-19
    4 पदहरू
    75%

    16त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्‍डर शोबाक तिनीहरूको अगिअगि गए ।

    17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।

    18आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे ।

    19जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।

  • १ राजा 11:23-24
    2 पदहरू
    75%

    23परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।

    24दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए ।

  • 6जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए ।

  • १ शमू 27:8-9
    2 पदहरू
    74%

    8दाऊद र तिनका मानिसहरूले विभिन्‍न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्‍ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए ।

    9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।

  • १ शमू 14:47-48
    2 पदहरू
    74%

    47जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए ।

    48तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।

  • 8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

  • 3सोलोमनले हमातसोबालाई आक्रमण गरे र त्‍यसलाई हराए ।

  • 20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

  • 7जसले गबाल, अम्‍मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्‍त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 8अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।

  • 29त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे ।

  • 26जब दाऊद सिक्लगमा आए, तिनले आफ्‍ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्‍ति उपहार यहाँ छ ।”

  • 8तिनीहरूका आफन्तबाट दुई लाख पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्‍याए ।