१ इतिहास 19:6

अनलक शाब्दिक बाइबल

जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 18:5 : 5 जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।
  • १ इति 18:9 : 9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,
  • उत्प 34:30 : 30 याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्‍जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्‍ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्‍ट हुनेछौँ ।
  • २ शमू 10:6 : 6 जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
  • १ राजा 11:23-24 : 23 परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए । 24 दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए ।
  • निर्ग 5:21 : 21 तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”
  • १ शमू 13:4 : 4 शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।
  • १ शमू 14:47 : 47 जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए ।
  • १ शमू 27:12 : 12 आकीशले यसो भन्‍दै दाऊदलाई विश्‍वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”
  • २ शमू 8:3 : 3 त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।
  • २ इति 16:2-3 : 2 त्यसपछि आसाले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सुन र चाँदीहरू निकालेर ती दमस्‍कसमा बस्‍ने अरामका राजा बेन-हददकहाँ पठाए । तिनले भने, 3 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै मेरो र तपाईंका बिचमा पनि एउटा करार होस् । हेर्नुहोस्, मैले तपाईंलाई चाँदी र सुन पठाएको छु । इस्राएलका राजा बाशासँग तपाईंको सन्‍धि तोडिदिनुहोस्, ताकि तिनले मलाई हस्‍तक्षेप नगरुन् ।”
  • २ इति 18:3 : 3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”
  • २ इति 18:5 : 5 तब इस्राएलका राजाले चार सय जना अगमवक्तालाई एकसाथ भेला गराए र तिनीहरूलाई सोधे, “के हामी रामोत-गिलादमा युद्ध गर्न जाऔं वा मैले जानुहन्‍न? तिनीहरूले भने, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा दिनुहुनेछ ।”
  • २ इति 18:9 : 9 यति बेला इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आआफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोलिरहेका थिए ।
  • २ इति 25:6 : 6 तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।
  • २ इति 27:5 : 5 अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे । त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए । अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए ।
  • भजन 14:3 : 3 तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
  • भजन 46:9 : 9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।
  • लू 10:16 : 16 जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
  • १ थेस 4:8 : 8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 10:1-8
    8 पदहरू
    86%

    1¶ पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।

    2दाऊदले भने, “तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउने छु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्‍ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्‍मोनको मानिसहरूको देशमा पसे ।

    3तर अम्‍मोनका मानिसहरूका अगुवाहरूलले आफ्‍ना मालिक हानूनलाई भने, “के साँच्‍चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्‍चै विचार गर्नुहुन्‍छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?”

    4त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए ।

    5जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्‍जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्‍यसपचि फर्क ।”

    6जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।

    7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

    8अम्‍मोनीहरू बाहिर निस्‍के र आफ्‍नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।

  • १ इति 19:7-9
    3 पदहरू
    84%

    7उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए । त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।

    8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

    9अम्‍मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।

  • १ इति 19:15-19
    5 पदहरू
    79%

    15जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।

    16जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए ।

    17जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।

    18आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे ।

    19हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।

  • १ इति 19:1-5
    5 पदहरू
    79%

    1¶ त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।

    2दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे ।

    3तर अम्‍मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन्‌ र?”

    4यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए ।

    5जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।”

  • २ शमू 10:17-19
    3 पदहरू
    75%

    17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।

    18आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे ।

    19जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।

  • 12ती आराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।

  • 6तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।

  • 17तिनीहरूले प्रत्‍येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।

  • १ इति 19:11-12
    2 पदहरू
    72%

    11तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए, र उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।

    12योआबले भने, “अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।

  • 29मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो । त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे ।

  • १ इति 18:2-7
    6 पदहरू
    72%

    2तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।

    3सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।

    4एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्‍जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।

    5जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।

    6तब दाऊदले दमस्‍कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो ।

    7हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए ।

  • २ शमू 8:4-5
    2 पदहरू
    71%

    4दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।

    5जब दमसकसका आरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार आरामी पुरुषलाई मारे ।

  • १ इति 18:9-11
    3 पदहरू
    71%

    9जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने,

    10तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्‍ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्‍ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्‍न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।

    11दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।

  • 9दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्‍त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,

  • 6किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।”

  • 14जब अम्‍मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्‍मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।

  • 17तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।

  • 5अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे । त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए । अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए ।

  • 25तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे ।

  • 5त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे ।

  • 1¶ यसपछि यस्‍तो हुन आयो, मोआब र अम्‍मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।