१ शमूएल 14:49

अनलक शाब्दिक बाइबल

शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 31:2 : 2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
  • १ इति 8:33 : 33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
  • १ इति 9:39 : 39 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
  • २ शमू 6:20-23 : 20 त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।” 21 दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु । 22 म योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु र म मेरै आँखामा अपमानिस हुने छु । तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने छ ।” 23 त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।
  • २ शमू 3:13-16 : 13 दाऊदले जवाफ दिए, “राम्रो, तिमीसँग एउटा करार गर्नेछु । तर तिमी मलाई भेट्न आउँदा म तिमीबाट एउटा कुरा चाहन्छु, पहिले शाऊलकी छोरी मीकल नल्याएसम्म तिमीले मेरो मुख हेर्न पाउने छैनौ ।” 14 त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें ।” 15 त्यसैले ईश्‍बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्‍याए । 16 तिनको पति रुँदै-रुँदै तिनसँगै गए र बहूरीमसम्म तिनलाई पछ्‍याए । तब अबनेरले तिनलाई भने, “अब घर फर्क ।” त्यसैले तिनी फर्के ।
  • १ शमू 18:7-9 : 7 ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।” 8 शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?” 9 शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे । 10 भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो । 11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के । 12 परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए । 13 त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए । 14 दाऊद आफ्‍ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो । 15 जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो । 16 तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे । 17 तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।” 18 दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्‍न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?” 19 तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्‍नीको रूपमा दिइयो । 20 तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए । 21 तब शाऊलले सोचे, “दाऊदसँग म त्‍यसकै विवाह गरिदिनेछु, ताकि त्‍यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्‍ट यसो भने, “तिमी मेरो ज्‍वाइँ हुनेछौ ।”
  • १ शमू 25:44 : 44 साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्‍नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 14:50-51
    2 पदहरू
    77%

    50शाऊलको पत्‍नीको नाउँ अहिनोम थियो । तिनी अहीमासकी छोरी थिइन् । तिनको फौजको कप्‍तानको नाउँ शाऊलका काका नेरका छोरा अबनेर थियो ।

    51कीश शाउलका बुबा थिए । अनि अबनेरका बुबा नेर अबीएलका छोरा थिए ।

  • १ इति 9:38-40
    3 पदहरू
    76%

    38मिक्‍लोत शिमामका पिता थिए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना दाजुभाइको नजिकै बस्‍थे ।

    39नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

    40जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।

  • 2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।

  • 8तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।

  • १ इति 8:33-34
    2 पदहरू
    74%

    33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

    34जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।

  • 2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे ।

  • 17तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”

  • 16शाऊल, तिनको छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा नै बसे । तर पलिश्तीहरूले मिकमाशमा छाउनी हाले ।

  • १ शमू 18:19-21
    3 पदहरू
    71%

    19तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्‍नीको रूपमा दिइयो ।

    20तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।

    21तब शाऊलले सोचे, “दाऊदसँग म त्‍यसकै विवाह गरिदिनेछु, ताकि त्‍यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्‍ट यसो भने, “तिमी मेरो ज्‍वाइँ हुनेछौ ।”

  • १ शमू 18:27-28
    2 पदहरू
    71%

    27ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए ।

    28परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,

  • २ शमू 3:13-15
    3 पदहरू
    70%

    13दाऊदले जवाफ दिए, “राम्रो, तिमीसँग एउटा करार गर्नेछु । तर तिमी मलाई भेट्न आउँदा म तिमीबाट एउटा कुरा चाहन्छु, पहिले शाऊलकी छोरी मीकल नल्याएसम्म तिमीले मेरो मुख हेर्न पाउने छैनौ ।”

    14त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें ।”

    15त्यसैले ईश्‍बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्‍याए ।

  • १ इति 14:3-4
    2 पदहरू
    70%

    3यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।

    4यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,

  • 44साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्‍नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।

  • १ शमू 17:13-14
    2 पदहरू
    69%

    13यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।

    14दाऊदचाहिं कान्छा थिए । तिन जना दाजुहरू शाऊलको पछि लागे ।

  • 33जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए ।

  • 2तिनले इस्राएलका तिन हजार जना मानिसहरूलाई चुने । दुई हजार जना मानिसहरू तिनीसँगै मिकमाशमा र बेथेलको पहाडी देशमा थिए, जबकि एक हजार जना मानिसहरू बेन्यामीनको गिबामा जोनाथनसँग थिए । सिपाहीहरूमध्‍ये बाँकीलाई तिनले आ-आफ्नो घरमा पठाए ।

  • 16तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।

  • 48तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।

  • 23त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन ।

  • 8तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।

  • १ इति 3:1-2
    2 पदहरू
    68%

    1¶ हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।

    2साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।

  • 7अय्याकी छोरी रिश्‍पा शाऊलकी उपपत्‍नी थिइन् । ईश्‍बोशेतले अबनेरलाई भने, “तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको?”

  • 17तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • 22त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।

  • 55जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”

  • 2यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्‍याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।

  • 1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

  • 4शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।

  • 13यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,

  • 21अब पहिले पलिश्‍तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए ।

  • १ शमू 14:1-2
    2 पदहरू
    66%

    1¶ एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।

    2शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए,

  • 11शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए, ताकि उनले तिनलाई बिहान् मार्न सकून् । दाऊदकी पत्‍नी मीकलले तिनलाई भनिन्, “तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ ।”

  • 2हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।

  • 28शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।