१ शमूएल 17:13

अनलक शाब्दिक बाइबल

यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 2:13 : 13 यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
  • १ शमू 16:6-9 : 6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए । 7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।” 8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।” 9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
  • १ शमू 17:28 : 28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
  • २ शमू 13:3 : 3 तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।
  • २ शमू 13:32 : 32 दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्‍वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।
  • २ शमू 21:21 : 21 त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 2:13-14
    2 पदहरू
    84%

    13यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,

    14काहिंला नतनेल, ठाहिंलो राद्दै,

  • 14दाऊदचाहिं कान्छा थिए । तिन जना दाजुहरू शाऊलको पछि लागे ।

  • 12दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।

  • १ शमू 16:8-11
    4 पदहरू
    75%

    8यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”

    9यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”

    10यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।”

    11तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।”

  • १ शमू 17:19-20
    2 पदहरू
    73%

    19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

    20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

  • १ इति 6:27-28
    2 पदहरू
    72%

    27तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए ।

    28शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।

  • 18योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ ।

  • 9एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,

  • 16एलीशामा, एल्यादा र एलीपेलेत ।

  • 2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे ।

  • 2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।

  • 28तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”

  • 20योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ ।

  • 16तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।

  • 3यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”

  • 55जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”

  • २ शमू 23:32-33
    2 पदहरू
    70%

    32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,

    33हरारी शरारका छोरा अहीहाम,

  • 3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

  • १ शमू 16:18-19
    2 पदहरू
    70%

    18जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”

    19त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”

  • 7एलीशामा, बेलीयादा र एलीपेलेत ।

  • 6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।

  • १ शमू 17:57-58
    2 पदहरू
    70%

    57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

    58शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसका छोरा हौ?” दाऊदले जवाफ दिए, “म तपाईंको दास बेथलेहेमी यिशैको छोरा हुँ ।”

  • 6दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,

  • 6तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म! म तपाईंसँग जानेछु ।”

  • 8एलीशामा, एल्‍यादा र एलीपेलेत थिए ।

  • १ इति 3:1-2
    2 पदहरू
    69%

    1¶ हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।

    2साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।

  • 7शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।

  • 33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

  • 39नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

  • 49शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो ।

  • २ शमू 3:2-4
    3 पदहरू
    68%

    2हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।

    3तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।

    4दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए । तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए,

  • 17तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”

  • 4यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,

  • 9शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।

  • 13तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।

  • 39तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।

  • 30यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।

  • 4ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,