१ शमूएल 30:3
जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
5दाऊदका दुवै पत्नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
6दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
1¶ जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्लगलाई आक्रमण गरे र त्यसलाई आगोले लगाए,
2र यसमा भएका स्त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
16जब त्यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
17दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।
18अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्त गरे । अनि दाऊदले आफ्नी दुई जना पत्नीलाई पनि छुटाए ।
19कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।
20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
22तब दाऊदसँग गएका सबै दुष्ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”
23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्तो व्यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
28तिनीहरूले उनीहरूका बगालहरू, बथानहरू, गधाहरू, सबै सम्पत्ति र सहरमा भएको हरेक थोक लिएर गए ।
29तिनीहरूका सबै केटाकेटी र पत्नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे ।
9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्थे र आकीशकहाँ आउँथे ।
9इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।
10तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।
9त्यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्नीहरू यसैले कैदमा छन् ।
3दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।
3यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
31तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।
14हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
3जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
12पलिश्तीहरूले आफ्ना देवताहरू त्यहीं छोडे र तिनलाई जलाउनु भन्ने हुकुम दाऊदले दिए ।
8तिनीहरूका आफन्तबाट दुई लाख पत्नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्याए ।
21पलिश्तीहरूले त्यहाँ आफ्ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए ।
29त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्यो कब्जा गरे ।
63आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्म पारे, र तिनीहरूका जवान स्त्रीहरूसँग विवाहको गीत थिएन ।
12तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।
8यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।
23किनकि तपाईंका सबै पत्नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”
17तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्नीहरू पनि लगे । कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।
11सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
3त्यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्चराहरूका काममा लगाए । दाऊदले अम्मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।
34त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्त्रीहरू अनि बालबच्चाहरूलाई पूर्ण रूपले नष्ट पार्यौँ । एउटै पनि बाँचेन ।
16तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्नीहरूलाई बलत्कार गरिनेछ ।
11त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।
13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्नीहरू र पत्नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।
31र हेब्रोनमा भएका र दाऊद आफै र आफ्ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।
30यसैले यस्तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्यहाँ एक जना पनि बाँचेका छैनन् ।”
30बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।
14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”
6हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्त्रीहरूसाथै स-साना बालबच्चालाई पूर्ण रूपमा नष्ट पार्यौँ ।
10जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,
19उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्यो । पुरुष र स्त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्यो ।
15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।
47तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन् र तिनीहरूका घरहरू जलाउनेछन् ।