१ शमूएल 30:16

अनलक शाब्दिक बाइबल

जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 32:6 : 6 भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे ।
  • निर्ग 32:17-19 : 17 यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त ।” 18 तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु ।” 19 जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे । तिनी बेसरी रिसाए । तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए ।
  • निर्ग 32:27-28 : 27 तिनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका-ढोकासम्म गएर हरेकले आफ्ना भाइ, आफ्ना मित्र र छिमेकीलाई मार' ।” 28 मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे । त्यस दिन करिब तिन हजार मानिस मरे ।
  • न्या 1:24-25 : 24 ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।” 25 उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।
  • न्या 16:23-30 : 23 पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।” 24 जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए ।” 25 जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए । 26 शिमशोनका आफ्‍नो हात समाइरहेको केटोलाई भने, “यो मन्‍दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ ।” 27 त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए । 28 शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्‍वर, मेरो सम्झना गर्नुहोस्! परमेश्‍वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ ।” 29 त्यस मन्‍दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले । 30 शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्‍दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो । यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे ।
  • १ शमू 25:36-38 : 36 अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् । 37 बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्‍नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्‍यो र ऊ ढुङ्गाजस्तो भयो । 38 दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्‍यो ।
  • १ शमू 30:14 : 14 हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
  • २ शमू 13:28 : 28 अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
  • अय्यू 20:5 : 5 दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।
  • यशा 22:13 : 13 तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।
  • दानी 5:1-4 : 1 ¶ बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए । 2 जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून् । 3 यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए । 4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे ।
  • लू 12:19-20 : 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’
  • लू 17:27-29 : 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो । 28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।
  • लू 21:34-35 : 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला । 35 यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।
  • १ थेस 5:3 : 3 तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
  • प्रका 11:10-13 : 10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए । 11 तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ । 12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्‍नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् । 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”

  • १ शमू 14:30-32
    3 पदहरू
    76%

    30मानिसहरूले आफ्‍ना शत्रुहरूको लूटबाट स्‍वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो? किनभने अहिले पालिश्‍तीहरूका माझमा ठुलो संहार भएको छैन ।”

    31तिनीहरूले त्यस दिन पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे । मानिसहरू धेरै थकित भए ।

    32मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।

  • १ शमू 30:19-21
    3 पदहरू
    76%

    19कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्‍यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।

    20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

    21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।

  • १ शमू 17:51-54
    4 पदहरू
    73%

    51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

    52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

    53इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।

    54दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।

  • 9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।

  • 26जब दाऊद सिक्लगमा आए, तिनले आफ्‍ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्‍ति उपहार यहाँ छ ।”

  • 17दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।

  • न्या 16:23-24
    2 पदहरू
    73%

    23पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”

    24जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए ।”

  • 6जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्‍त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्‍न आए ।

  • १ इति 12:39-40
    2 पदहरू
    72%

    39तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।

    40यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।

  • 16यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।

  • 17अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।

  • 10एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।

  • 5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।

  • 9तिनीहरूले उनको शिर काटे, उनको हतियार लूटे र आफ्‍ना मूर्तीहरूका मन्दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्‍तीहरूका देशभरि दूतहरू पठाए ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • 9उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 14तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।

  • 30त्यसैले इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए ।

  • 13जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्‍याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए । उनी तल आफ्नो घरमा गएनन् ।

  • 27त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए ।

  • 15फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।

  • 11स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए ।

  • 1¶ दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए ।

  • 1¶ तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन् ।”

  • १ शमू 30:2-3
    2 पदहरू
    71%

    2र यसमा भएका स्‍त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।

    3जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।

  • 11तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।

  • 9अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।

  • 5के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”

  • 8तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।

  • 20यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए ।

  • 13तब पलिश्‍तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गरे ।

  • 7दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।

  • 46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,

  • 6जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?” तब छाउनीमा परमप्रभुको सन्दुक ल्‍याइएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए ।

  • 44त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”

  • 23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।

  • 1¶ यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।

  • 25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”