२ शमूएल 16:1
¶ दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्पा किसमिस, नेभारा एक सय झुप्पा र एक मशक दाखमद्य थिए ।
¶ दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्पा किसमिस, नेभारा एक सय झुप्पा र एक मशक दाखमद्य थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”
3राजले भने, “त्यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”
4तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्छु । मैले हजुरको दृष्टिमा निगाह पाउन सकौं ।”
5जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्दै गर्दा उसले सराप्दै गयो ।
20यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।
18अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्न, एक सय झुप्पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।
39तिनीहरूले त्यहाँ खाँदै र पिउँदै तिन दिनसम्म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेर पठाएका थिए ।
40यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्साखार, जबूलून र नप्तालीसम्मले गधा, ऊँट, खच्चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।
27जब दाऊद महनोममा आएका थिए, अम्मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्मीएलको छोरा माकीर र रोगेलिमबाट आएका गिलादी बर्जिल्लैले
28सुत्ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्न, सिमी, दाल
29मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”
17तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ ।
18साथै यी दस वटा पनीर हजार जनाको कप्तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्ने केही प्रमाण लेऊ ।
11तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।
12र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।
15त्यसैले राजा फर्के र यर्दनमा आए । अब यहूदाका मानिसहरू गिलगालमा आए अनि राजालाई यर्दन वारि ल्याए ।
16बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार-हतार राजालाई भेट्न आए ।
17तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
3तिनले हरेक इस्राएली, पुरुष र स्त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
19हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”
19त्यसपछि तिनले सबै मानिसका माझमा, सम्पूर्ण इस्राएलको भिडलाई पुरुष र महिला दुवैलाई एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किसमिस बाँडिदिए । अनि सबै मानिस विदा भए । प्रत्येक व्यक्ति उसको आफ्नै घरमा फर्कियो ।
15अब मेरा स्वामीले आफ्ना सेवकहरूका निम्ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस् ।
20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
25त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए, राजाले तिनलाई भने, “ए मपीबोशेत, तिमी किन मसँग गएनौ?”
26तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'
16जब त्यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
2जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्छ ।'
3तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ ।
4तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।
9त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।
10तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।
11सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”
23जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे ।
20जसै तिनी आफ्नो गधामा चढिन् र पहाडको बिचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् ।
13त्यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिंडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै, सराप्दै, धुलो छर्दै र ढुङ्गा हान्दै गए ।
14त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।
21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।
2शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”
4राजाले तिनलाई भने, “तिनी कहाँ छन्?” सीबाले राजालाई जवाफ दिए, “हे्र्नुहोस्, तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन् ।”
29तब राजाले तिनलाई भने, “अझ अरू बेलीबिस्तार किन गर्नु? तिमी र सीबाले जमिन बाँड्नुपर्छ भनी मैले निर्णय गरेको छु ।”
30मपीबोशेतले राजालाई जवाफ दिए, “होस्, त्यसैले सबै लैजाओस्, किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको छ ।”
31त्यसपछि रोगेलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे र तिनी राजासँगै यर्दन पारि गए ।
32यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्दा तिनले राजालाई सबै खाद्यन्नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए ।
42बाल-शलीशाको कोही एक जना मानिस परमेश्वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।”
20जब अबनेर र तिनका बिस जना मानिसहरू दाऊदलाई भेट्न हेब्रोनमा आइपुगे, तब दाऊदले तिनीहरूका निम्ति भोज तयार गरे ।
26जब दाऊद सिक्लगमा आए, तिनले आफ्ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्ति उपहार यहाँ छ ।”
25उनले यो शाऊल र तिनका सेवकहरूकहाँ ल्याइन् र तिनीहरूले खाए । त्यसपछि तिनीहरू उठे र त्यही रातमा निस्किए ।
8तपाईंका जवान मानिसहरूलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई भन्नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”
40तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए ।