१ इतिहास 2:24

अनलक शाब्दिक बाइबल

हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 4:5 : 5 तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह र नारा थिए ।
  • आमो 1:1 : 1 ¶ तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे ।
  • १ शमू 30:14 : 14 हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
  • २ शमू 14:2 : 2 योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्‍त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्‍त्रीजस्तो होऊ ।
  • १ इति 2:9 : 9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
  • १ इति 2:18-19 : 18 हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए । 19 अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 4:5-8
    4 पदहरू
    79%

    5तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह र नारा थिए ।

    6नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌ । नाराका छोराहरू यि नै थिए ।

    7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,

    8र कोस थिए । कोसचाहिं आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।

  • १ इति 2:18-21
    4 पदहरू
    76%

    18हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।

    19अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ ।

    20हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।

    21पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ ।

  • १ इति 2:25-26
    2 पदहरू
    71%

    25हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।

    26यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ ।

  • 46कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।

  • १ इति 2:8-9
    2 पदहरू
    70%

    8एतानका छोरा अजर्याह थिए ।

    9हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।

  • १ इति 2:42-43
    2 पदहरू
    70%

    42यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।

    43हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए ।

  • १ इति 2:48-49
    2 पदहरू
    70%

    48कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।

    49तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए ।

  • १ इति 2:38-39
    2 पदहरू
    70%

    38ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।

    39अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।

  • 29अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ ।

  • 18फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,

  • 5फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

  • 17आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए ।

  • 23तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।

  • 24यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई ।

  • १ इति 7:30-31
    2 पदहरू
    67%

    30आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ ।

    31बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए ।

  • 19नहमकी बहिनी होदियाहकी पत्‍नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्‍तमो थिए ।

  • न्या 1:12-13
    2 पदहरू
    67%

    12कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”

    13कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए ।

  • 12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

  • 24कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।

  • 20महलतपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।

  • 3एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्‍मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो ।

  • 3अबीतलबाट ठाहिंला शपत्‍याह थिए, र तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए ।

  • 14मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ ।

  • 12एश्‍तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्‍नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।

  • 20आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।

  • 25हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),

  • 8आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।

  • 17जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।

  • 9उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।

  • 36आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।

  • 42आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।

  • 2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।