१ इतिहास 22:11
अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्वरको मन्दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्नुभएझैं तैंले त्यो बनाउनेछस्।
अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्वरको मन्दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्नुभएझैं तैंले त्यो बनाउनेछस्।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10मेरो नाउँको निम्ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'
12परमप्रभुले नै तँलाई अन्तर्दृष्टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्वरको व्यवस्था पालन गर्नेछस् ।
5दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्नो मृत्यु हुनुअगि ठुलो तयारी गरे ।
6तब तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर बनाउने आज्ञा दिए ।
7दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मेरो इच्छा थियो ।
5परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्ये इस्राएलमाथि परमप्रभुको राज्यको सिंहासनमा बस्न उहाँले मेरो छोरो सोलोमनलाई चुन्नुभयो ।
6उहाँले मलाई भन्नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।
7आजको दिनसम्म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्यो भने, म उसको राज्य सदासर्वदाको निम्ति स्थापित गर्नेछु ।’
10यसैले याद राख, यो मन्दिरलाई परमप्रभुको पवित्रस्थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्नुभएको छ । बलियो होऊ, र यो काम गर ।”
37म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् ।
38मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।
17तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो ।
18तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ ।
19तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।'
20परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु ।
10जसरी मैले आफ्ना मानिस इस्राएलमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।
11जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु ।
12उसैले मेरो लागि एउटा मन्दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्ति स्थापित गर्नेछु ।
7अब परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा बुबा दाऊदको हृदयमा थियो ।
8तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्नुभयो, 'मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
9तापनि तैंले त्यो मन्दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ ।’
10परमप्रभुले भन्नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर बनाएको छु ।
20दाऊदले आफ्ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई छोड्नुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ ।
23यसैले अब हे परमप्रभु, आफ्नो दास र उसको घरानाको निम्ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्तो भन्नुभएको छ त्यस्तै गर्नुहोस् ।
24तपाईंको नाम सदासर्वदाको निम्ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्वर हुनुहुन्छ ।,’
25किनकि, हे मेरा परमेश्वर, तपाईंले आफ्नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।
26अब हे परमप्रभु, तपाईं नै परमेश्वर हुनुहुन्छ, र आफ्नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः
27तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदाको निम्ति आशिषित हुनेछ ।”
25त्यसैले अब, हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्तो भन्नुभएको छ त्यस्तै गर्नुहोस् ।
26तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।
27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, आफ्नो सेवकको निम्ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।
11परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,
12“तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु ।
25अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।'
26अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् ।
4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्नुभयो र आफ्ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,
4ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।'
15तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,
1¶ राजा दाऊदले सारा सभालाई भने, “परमेश्वरले चुन्नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान् छ । किनकि यो मन्दिर मानिसहरूका निम्ति होइन तर परमप्रभु परमेश्वरको निम्ति हो ।
37जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।”
11जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु ।
12जब तेरो दिन पुरा हुने छ र तँ आफ्ना पुर्खाहरूसँग सुत्ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।
13त्यसैले मेरो नाउँको निम्ति एउटा मन्दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।
19अब आफ्नो सारा हृदय र आफ्नो प्राणले परमप्रभु आफ्ना परमेश्वरको खोजी गर । उठ र परमप्रभु परमेश्वरको पवित्रस्थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र कुराहरू परमेश्वरको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ ।”
16अब हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना दास मेरा बुबा दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्नुभयो, ‘तँ मेरो सामु हिंडेझैं तेरा सन्तानहरू मेरो व्यवस्था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्नलाई कहिलै पनि तेरो निम्ति मानिसको अभाव हुनेछैन ।’
17अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक दाऊदसित गर्नुभएको प्रतिज्ञा पूरा होस् ।
19मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्थान बनाउने योजना पुरा गर्न सम्पूर्ण हृदयको इच्छा दिनुहोस् ।”
12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्वर धन्यका होउन्, जसले स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल बनाउनुहुनेछ ।
17दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,