१ इतिहास 27:5
अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्मीजाबाद तिनको दलमा थिए ।
7चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
8पाँचौं महिनाको लागि यिज्याहका सन्तान शम्हूत कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
9छैटौं महिनाको लागि तकोका मानिस इक्केशका छोरा ईरा कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
10सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
11आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्बकै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
12नवौं महिनाको लागि बेन्यामीन कुलका अनातोती अबीएजेर कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
13दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
14एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
15बाह्रौं महिनाको लागि ओत्निएलको घरानाका नतोपात सहरका हेल्दै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्डरहरू, अनि विभिन्न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
2पहिलो महिनाको भाग जब्दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
3तिनी फारेसका सन्तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए ।
4अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्यस भागका सेनापति भए । मिक्लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
4यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।
24यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्लेख गरियो ।
25तिस जना सामान्य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्याए ।
23अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
22यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।
23तिनलाई तीस जना सिपालाई भन्दा उच्च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए ।
17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्य अधिकारीहरू थिए ।
21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।
22त्यपछि बेन्यामीनको कुल हुनेछ । बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस् ।
23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
34अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्डर थिए ।
35बनायाह, बेदयाह, कलूही,
18यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।
27तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।
28अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
29शाऊलका कुल बेन्यामीनबाट तिन हजार जना थिए । तिमध्येका धेरैजसो त्यस बेलासम्म शाऊलप्रति निष्ठावान् थिए ।
30पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
17बेन्यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्यादा, र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज ।
4“तिमध्येका चौबीस हजारको काम परमप्रभुका मन्दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
21तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्येका एक जना भने थिएनन् ।
36एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
14तिनीहरू आआफ्नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।
15तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।
37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए ।
19के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्तान बनाइएको थियो । तापनि तिनको ख्याति तीन जना धेरै ख्यातिप्राप्त सिपाहीका बराबर थिएन ।
3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
4गिबोनी यिश्मायाह, जो तिस जनामध्येका एक सिपाही थिए (र तिस जनाका कमाण्डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
30दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।
8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
6बेन्यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
5यसको साथै अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्यौली घरानाअनुसार सारा यहूदा र बेन्यामीनका हजार र सयका कमाण्डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्यसभन्दा बढी उमेरका मानिको गन्ती गरे, र तिनीहरूको सङ्ख्या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्नेहरू भएका तिनले थाहा पाए ।
35राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे ।
24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
9एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
25अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह ।