१ इतिहास 29:22

अनलक शाब्दिक बाइबल

त्‍यो दिनमा, तिनीहरूले ठुलो उत्‍सव मनाउँदै परमप्रभुको सामु त्‍यस दिन खाए र पिए । तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए, र परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे । तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 23:1 : 1 ¶ जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।
  • १ राजा 1:34-39 : 34 पुजारी सादोक र नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तुरही फुकी यसो भनून्, ‘राजा सोलोमन दीर्घायु होऊन्!’ 35 त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।” 36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “यस्तै होस्! मेरा मालिक राजाका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून् । 37 जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।” 38 त्यसैले, पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरू तल झरे अनि सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराएर गीहोनमा ल्याए । 39 पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!”
  • १ राजा 2:35 : 35 राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे ।
  • निर्ग 24:11 : 11 परमेश्‍वरले इस्राएली अगुवाहरूमाथि आफ्नो हात उठाउनुभएन । तिनीहरूले परमेश्‍वरलाई देखे अनि तिनीहरूले खाए र पिए ।
  • व्यव 12:7 : 7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।
  • व्यव 12:11-12 : 11 अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ । 12 तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ । तिमीहरूका बिचमा बस्‍ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन ।
  • व्यव 16:14-17 : 14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ । 15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू । 17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक ।
  • १ राजा 1:31 : 31 तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन्, “मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्!”
  • २ इति 7:10 : 10 परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए ।
  • नहे 8:12 : 12 तब सारा मानिस खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए ।
  • उप 2:24 : 24 खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्‍ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्‍वरको हातबाट आउँछ भनी मैले देखेँ ।
  • उप 3:12-13 : 12 मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ । 13 हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ । यो नै परमेश्‍वरको उपहार हो ।
  • उप 8:15 : 15 त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
  • उप 9:7 : 7 आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ ।
  • १ तिमो 6:17-18 : 17 यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ । 18 तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 29:23-25
    3 पदहरू
    78%

    23त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे ।

    24सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए ।

    25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।

  • १ राजा 1:37-40
    4 पदहरू
    77%

    37जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।”

    38त्यसैले, पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरू तल झरे अनि सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराएर गीहोनमा ल्याए ।

    39पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!”

    40तब सबै मानिस तिनको पछिपछि लागे, अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए । तिनीहरूको हल्लाले जमिनै थर्क्यो ।

  • १ राजा 1:43-48
    6 पदहरू
    75%

    43जोनाथनले अदोनियाहलाई जवाफ दिए, “हाम्रा मालिक राजा दाऊदले सोलोमनलाई राजा बनाउनुभएको छ,

    44र राजाले तिनीसितै पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरूलाई पठाउनुभएको छ । तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा सवार गराएका छन् ।

    45पुजारी सादोक र नातान अगमवक्ताले गीहोनमा सोलोमनलाई राजा अभिषेक गरेका छन्, अनि तिनीहरू त्यहाँबाट रमाउँदै आएका छन् । सहरमा त्यसैको हल्ला हो । तपाईंले सुन्नुभएको आवाज त्यही नै हो ।

    46साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् ।

    47यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे ।

    48राजाले यसो पनि भने, 'इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ जुन मेरै आँखाले देखेका छन्' ।”

  • १ राजा 1:25-27
    3 पदहरू
    75%

    25किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’

    26तर तिनले तपाईंका दास मलाई, पुजारी सादोक, यहोयादाका छोरा बनायाह र हजुरको दास सोलोमनलाई निमन्त्रणा दिएका छैनन् ।

    27हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र?”

  • १ राजा 1:32-35
    4 पदहरू
    75%

    32राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।

    33राजाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकका सेवकहरूलाई तिमीहरूसँगै लैजाओ, र मेरो पछि सोलोमनलाई राजाको खच्चरमा सवारा गराएर गीहोनसम्म सँगसँगै लैजाओ ।

    34पुजारी सादोक र नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तुरही फुकी यसो भनून्, ‘राजा सोलोमन दीर्घायु होऊन्!’

    35त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।”

  • १ इति 29:20-21
    2 पदहरू
    74%

    20दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे ।

    21भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान गरे, र उहाँलाई होमबलि चढाए । तिनीहरूले एक हजार साँढे, एक हजार भेडा, एक हजार थुमा, र तिनका साथै आफ्‍ना अर्घबलि र सबै इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढाए ।

  • १ राजा 1:19-20
    2 पदहरू
    70%

    19तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडा बलिदान चढाएका छन्, अनि राजाका सबै छोरा, पुजारी अबियाथार, र सेनापति योआबलाई निमन्त्रणा दिएका छन्, तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन् ।

    20हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।

  • 26यसरी यरूशलेममा ठुलो रमाहट भयो, किनभने त्‍यस्‍तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्‍यहाँ भएको थिएन ।

  • 10परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए ।

  • 15त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए ।

  • 2तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए ।

  • 62त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए ।

  • १ राजा 8:64-66
    3 पदहरू
    69%

    64त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे, अनि तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए, किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो ।

    65यसैले सोलोमनले त्यस बेला एउटा चाड मनाए । त्यहाँ लेबो-हमातदेखि मिश्रको खोलासम्मका सारा इस्राएल, ठुलो समुदायले परमप्रभु हाम्रा परमेश्वरको सामु सात दिन र अर्को सात दिन गरी जम्मा चौध दिनसम्म चाड मनाए ।

    66आठौँ दिनमा तिनले मानिसहरूलाई बिदा दिए, र तिनीहरूले राजालाई धन्यको भने अनि परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो जाति इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारण हर्षित र आनन्दित हृदयसाथ तिनीहरू आ-आफ्ना घरतर्फ लागे ।

  • 12तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित थियो ।

  • १ इति 23:1-2
    2 पदहरू
    69%

    1¶ जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।

    2पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए ।

  • २ इति 1:1-2
    2 पदहरू
    69%

    1¶ दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।

    2सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।

  • 9परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।”

  • 39तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।

  • 8तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो । तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो!”

  • 4यसरी राजा र सबै मानिसले परमप्रभुलाई बलिदानहरू चढाए ।

  • 28तिनी दिर्घ जीवन, धन-सम्‍पत्ति र मानमा आनन्द भई वृद्धावस्‍थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।

  • 9यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए, किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्‍दित भए ।

  • 11तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”

  • 2एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए ।

  • 9अदोनियाले एन-रोगेलको छेउमा अवस्थित जोहेलेत भन्ने ढुङ्गानेर भेडा, गोरु र पोसिएका बाछाहरू बलिदान चढाए । तिनले आफ्ना सबै दाजुभाइ, राजा छोराहरू र यहूदाका सबै मानिसलगायत राजाका सेवकहरूलाई निमन्त्रणा दिए ।

  • 35यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो ।