१ इतिहास 6:56
तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।
तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।
12तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।
13तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्ना,
55उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्यसका खर्कहरू दिए,
12यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”
13त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए ।
14यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्वरलाई पूर्ण रूपमा पछ्याए ।
57हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्थानको सहर) र लिब्ना, यत्तीर, र एश्तमोका खर्कहरूसहित,
58खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
13परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
14कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
20कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
6यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब;
64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
65माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
66कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
67तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्थानको सहर) गेजेरका खर्कहरूसहित,
68खर्कहरूसहित योक्माम र खर्कहरूसहित बेथ-होरोन,
19ती मानिसहरूका नाउँ यिनै हुन्ः
36तर यपुन्नेका छोरा कालेबले यो देश देख्नेछ । त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु ।'
4वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।
5इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे ।
6त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्जी यपून्नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्नुभएको थियो भनी तपाईंलाई थाहा छ ।
9यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।
55माओन, कर्मेल, जीप, युक्ता,
56यिजरेल, योक्दाम, जानोह,
57कैन, गिबा र तिम्ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
58हलहूल, बेथ-सर, गदोर,
59मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
2“इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
3लेवीहरूले बस्नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
49जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए ।
50परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे ।
16कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्नीको रूपमा दिने छु ।”
25गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,
10सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका सहरहरू यि नै थिए ।
2तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”
3त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्न सहरहरू दिए ।
12कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्छ, त्यसको पत्नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”
61कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
42यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
1¶ कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
7त्यसैले इस्राएलीहरूले नप्तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने ।
76तिनीहरूले नप्तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्मोन र खर्कहरूसहित किर्यातैम, प्राप्त गरे ।
65किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्नुभएको थियो । तिनीहरूमा यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।
20कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
79खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
28सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।