यहोशू 14:12

अनलक शाब्दिक बाइबल

यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 13:33 : 33 हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”
  • गिन 13:28 : 28 तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।
  • रोमी 8:31 : 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
  • फिलि 4:13 : 13 जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
  • इब्रा 11:33 : 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए ।
  • गिन 14:8-9 : 8 यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ । 9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
  • गिन 21:34 : 34 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”
  • यहो 11:21-22 : 21 त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्‍ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे । 22 गाजा, गात र अश्दोदमा बस्‍ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन् ।
  • यहो 15:14 : 14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
  • न्या 1:20 : 20 कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
  • १ शमू 14:6 : 6 जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”
  • २ इति 14:11 : 11 आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”
  • भजन 18:32-34 : 32 कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ । 33 उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ । 34 युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।
  • भजन 27:1-3 : 1 ¶ परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु? 2 जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले । 3 फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।
  • भजन 44:3 : 3 किनकि तिनीहरूले आफ्‍नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्‍त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्‍योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
  • भजन 60:12 : 12 परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
  • भजन 118:10-12 : 10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें । 11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें । 12 तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 14:13-15
    3 पदहरू
    84%

    13त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्‍नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए ।

    14यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्‍नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए ।

    15हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो । (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो ।

  • 20कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।

  • यहो 15:13-16
    4 पदहरू
    79%

    13परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।

    14कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।

    15त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।

    16कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”

  • 11म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ ।

  • यहो 21:11-12
    2 पदहरू
    78%

    11इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।

    12तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।

  • यहो 14:6-7
    2 पदहरू
    78%

    6त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ ।

    7परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ ।

  • गिन 13:28-30
    3 पदहरू
    76%

    28तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।

    29नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”

    30अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ ।

  • 36तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ । त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु ।'

  • 56तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए ।

  • 18पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।”

  • गिन 14:24-25
    2 पदहरू
    73%

    24मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।

    25(त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”

  • 15तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।

  • 6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।

  • 23परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, “बलियो र खुबै साहसी होऊ । किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुने छु ।”

  • 12कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”

  • व्यव 1:20-21
    2 पदहरू
    71%

    20मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ ।

    21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।'

  • 3उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।

  • 25म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।'

  • व्यव 9:1-2
    2 पदहरू
    70%

    1¶ हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।

    2तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ ।

  • 8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।'

  • 11आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।

  • 21त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्‍ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे ।

  • यहो 17:15-16
    2 पदहरू
    70%

    15यहोशूले तिनीहरूलाई भने, “यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने, तिमीहरू जङ्गलतिर जाओ र परिज्‍जीहरू र रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर । यसो गर, किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो छ ।”

    16योसेफका सन्तानहरूले भने, “पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् ।

  • 8तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।

  • 38मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने छ । त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ ।

  • 12यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।'

  • 28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”

  • 19ती मानिसहरूका नाउँ यिनै हुन्ः

  • 6यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब;

  • 22तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।

  • 9उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।

  • 7मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ । तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ ।

  • 19अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।

  • 49“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् ।