व्यवस्थाविवरण 1:28

अनलक शाब्दिक बाइबल

अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 9:1-2 : 1 ¶ हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ । 2 तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ ।
  • यहो 14:8 : 8 तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ ।
  • गिन 13:28-33 : 28 तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ । 29 नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।” 30 अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ । 31 तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।” 32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ । 33 हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”
  • निर्ग 15:15 : 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।
  • यहो 15:14 : 14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
  • न्या 1:10 : 10 यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
  • न्या 1:20 : 20 कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
  • २ शमू 21:16-22 : 16 दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो । 17 तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।” 18 यसपछि फेरि पनि गोबमा पलिश्‍तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्‍बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए । 19 गोबमा फेरि पनि पलिश्‍तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो । 20 गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो । 21 त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो । 22 गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
  • यशा 13:7 : 7 यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।
  • यहे 21:7 : 7 तब तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘के कारणले तिमी सुस्‍केरा हाल्‍दैछौ?' अनि तैंले यसो भन्‍नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्‍मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्‍तै कमजोर हुनेछ । हेर, त्‍यो आउँदैछ र त्‍यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
  • व्यव 20:8 : 8 यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'
  • यहो 2:9 : 9 तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् ।
  • यहो 2:11 : 11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ ।
  • यहो 2:24 : 24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”
  • यहो 11:22 : 22 गाजा, गात र अश्दोदमा बस्‍ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 13:27-28
    2 पदहरू
    82%

    27तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।

    28तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।

  • गिन 13:30-33
    4 पदहरू
    82%

    30अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ ।

    31तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”

    32यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।

    33हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”

  • 29तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ ।

  • गिन 32:7-9
    3 पदहरू
    79%

    7परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे ।

    8तिनीहरू एश्कोलको बेँसीमा गए ।

    9तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।

  • व्यव 9:1-2
    2 पदहरू
    78%

    1¶ हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।

    2तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ ।

  • व्यव 1:24-27
    4 पदहरू
    76%

    24तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे ।

    25तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ ।'

    26तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ ।

    27तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ ।

  • व्यव 1:19-22
    4 पदहरू
    74%

    19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।

    20मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ ।

    21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।'

    22तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् ।'

  • 9उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।

  • 3तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?

  • 17तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् ।

  • गिन 13:21-22
    2 पदहरू
    72%

    21यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।

    22तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।

  • गिन 13:18-19
    2 पदहरू
    72%

    18यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।

    19त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।

  • यहो 2:9-11
    3 पदहरू
    72%

    9तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् ।

    10तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।

    11हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ ।

  • 21तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्‍ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे ।

  • 36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।

  • 9तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”

  • 14यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”

  • 10तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”

  • यहो 8:5-6
    2 पदहरू
    71%

    5म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।

    6हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।

  • 8तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ ।

  • 11हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'

  • 28नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।'

  • 20कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।

  • 24तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”

  • व्यव 1:41-42
    2 पदहरू
    70%

    41तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ ।

    42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'

  • 1¶ तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए ।

  • 7तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।

  • 14कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।