गिन्ती 32:17

अनलक शाब्दिक बाइबल

तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 4:12-13 : 12 रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए । 13 झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।
  • गिन 32:29-32 : 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू । 30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।” 31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ । 32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”
  • व्यव 3:18-20 : 18 त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ । 19 तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् । 20 परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र परमप्रभुले तिमीहरूलाई दिनुहुने यर्दनपारिको भूमि तिमीहरूलाई अधिकार गर्न नदिनुभएसम्म तिमीहरूले यसो गर्नू । तब मैले तिमीहरूलाई अधिकारमा दिएको देशमा तिमीहरू हरेक फर्केर आउने छौ ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्‍तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् ।

  • गिन 32:18-21
    4 पदहरू
    84%

    18इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ ।

    19हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ ।

    20त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,

    21परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र

  • गिन 32:26-27
    2 पदहरू
    82%

    26हाम्रा बालबच्‍चाहरू, हाम्रा पत्‍नीहरू, हाम्रा गाईवस्‍तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् ।

    27तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्‍नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।”

  • गिन 32:29-32
    4 पदहरू
    80%

    29मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।

    30तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन् ।”

    31त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्‍नुभएबमोजिम हामीले यसै गर्ने छौँ ।

    32हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”

  • 3तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?

  • 39यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन् । तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन् ।

  • 24तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।”

  • 14तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।

  • व्यव 3:18-19
    2 पदहरू
    74%

    18त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ ।

    19तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् ।

  • यहो 8:5-6
    2 पदहरू
    74%

    5म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।

    6हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।

  • निर्ग 10:9-10
    2 पदहरू
    74%

    9मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”

    10फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्‍टता छ ।

  • 28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”

  • 14तिमीहरूले यसो भन्‍छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्‍नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्‍नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्‍यहाँ बस्‍नेछौं' ।”

  • 24यदि हामीले यो वेदी होमबलि, अन्‍नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने, परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् । होइन! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् भन्‍ने डरले हामीले यसो गर्‍यौँ, 'परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार?

  • 31हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।

  • 11तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ ।

  • १ शमू 14:9-10
    2 पदहरू
    72%

    9तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।

    10तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”

  • व्यव 2:34-36
    3 पदहरू
    72%

    34त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन ।

    35आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ ।

    36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।

  • 8यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।

  • 28तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।

  • 22तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् ।'

  • 29। जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'

  • 16हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।

  • 19त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।

  • गिन 14:8-9
    2 पदहरू
    71%

    8यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।

    9तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”

  • 17हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ ।”

  • 7तर सबै गाईवस्तु र सहरका धनमाल भने लुटको मालको रूपमा हामीले लियौँ ।

  • 12रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।

  • 32तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”

  • 31तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”

  • 16हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।

  • 11हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'

  • 52इस्राएलका मानिसहरूले आ-आफ्ना पालहरू टाँग्दा हरेकले तिनीहरूका सशस्‍त्र समुहको झण्डाको नजिकै टाँग्‍नू ।

  • 11तब तैंले यसो भन्‍नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् ।

  • 5यी सबै सहर अग्ला-अग्ला पर्खालले घेरिएका, प्रवेशद्वार र बारहरू भएका सहरहरू थिए । यीबाहेक पर्खाल नलगाइएका धेरै सहरहरू पनि थिए ।