१ शमूएल 14:10

अनलक शाब्दिक बाइबल

तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 24:14 : 14 यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”
  • १ शमू 10:7 : 7 त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।
  • यशा 7:11-14 : 11 “परमप्रभु आफ्‍ना परमश्‍वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्‍चाइमा पनि यो माग् ।” 12 तर आहाजले भने, “म माग्‍नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।” 13 त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र? 14 यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।
  • न्या 6:36 : 36 गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—
  • न्या 7:11 : 11 र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 14:8-9
    2 पदहरू
    86%

    8तब जोनाथनले भने, “हामी ती मानिसकहाँ पारि जानेछौं र हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं ।

    9तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।

  • १ शमू 14:11-12
    2 पदहरू
    79%

    11त्यसैले तिनीहरू दुवैले आफूलाई पलिश्‍तीहरूको चौकीमा प्रकट गरे । पलिश्‍तीहरूले भने, “हेर, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्किरहेका छन् ।”

    12तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्‍नेलाई बोलाए र भने, “हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।” जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने, “मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।”

  • गिन 10:31-32
    2 पदहरू
    75%

    31त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।

    32यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे ।

  • यहो 8:5-7
    3 पदहरू
    74%

    5म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।

    6हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।

    7त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ ।

  • 4“मकहाँ आउनुहोस् र गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू र इस्राएलका मानिसहरूसँग शान्ति सम्झौता गरेका छन् ।”

  • 10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”

  • 9उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।

  • न्या 7:9-11
    3 पदहरू
    74%

    9त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।

    10तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,

    11र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।

  • 6जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”

  • गिन 13:30-31
    2 पदहरू
    73%

    30अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ ।

    31तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”

  • गिन 14:8-9
    2 पदहरू
    72%

    8यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।

    9तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”

  • व्यव 1:41-42
    2 पदहरू
    72%

    41तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ ।

    42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'

  • 40तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”

  • 9त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं ।

  • 10तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”

  • १ शमू 17:9-10
    2 पदहरू
    71%

    9मसँग लडेर उसले मलाई जित्‍यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”

    10त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”

  • 20त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,

  • 17तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्‍ने छन् ।

  • 71%

    13तर तिमीहरूले यसो भन्‍छौ, 'हामी यस देशमा बस्‍नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुन्‍दैनौ ।

    14तिमीहरूले यसो भन्‍छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्‍नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्‍नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्‍यहाँ बस्‍नेछौं' ।”

  • 28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”

  • 12तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”

  • 11हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'

  • 14ती मानिसहरूले तिनलाई भने, “मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने छ हामी तिमीसँग दयालु र विश्‍वासयोग्य हुने छौँ ।”

  • 4हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।”

  • 16त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्ने छन् । त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कने छौ र यसलाई अधिकार गर्ने छौ ।”

  • 20तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर । हाम्रा परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुने छ ।”

  • 3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?

  • 9तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।

  • 14दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।

  • 25तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ ।'

  • 12बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने छ ।”

  • 44तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।

  • 14जब तिनी राजाकहाँ आए, तब राजाले तिनलाई भने, “ए मीकाया, हामीले रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्‍छ, कि हुँदैन?” मीकायाले तिलाई जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्! किनकि त्‍यो महान् विजय हुनेछ ।”

  • 14तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।

  • 19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”

  • 9मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”