गिन्ती 13:27
तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
23जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।
24इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।
25चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के ।
26तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।
22तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्नुपर्ने हो भन्ने बारेमा तिनीहरूले बताऊन् ।'
23त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्यो । मैले तिमीहरूमध्ये हरेक कुलबाट एक-एक गरी बाह्र जना मानिस छानेँ ।
24तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे ।
25तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिन लाग्नुभएको यो देश असल छ ।'
7तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
8यदि परपप्रभु हामीसँग प्रसन्न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
9अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्ने यो देश दिनुभएको छ ।
17मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।
18यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।
19त्यहाँ बस्ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।
20तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ? सहरहरू कस्ता छन्? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन्? भूमि कस्तो छ । अन्न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्यस बेला पहिलो दाख पाक्ने समय थियो ।
21यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।
22त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो ।
31तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”
32यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।
9र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् ।
13के हामीलाई दूध र मह बग्ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!
14यसको अतिरिक्त, तपाईंले हामीलाई दूध र मह बग्ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
28तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।
17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'
6मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्ने भूमि उहाँले तिनीहरूलाई देख्न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।
3तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्नू ।
9उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
10जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
5परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्नू ।
8तिनीहरू एश्कोलको बेँसीमा गए ।
9तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।
7किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।
8यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो ।
25तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए ।
3त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।
28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।”
25त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो ।
15पवित्रस्थानबाट हेर्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ जुन स्वर्ग हो । तपाईंको जाति इस्राएल, तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने देश अर्थात् हामीलाई दिनुभएको देशलाई आशिष् दिनुहोस् ।'
19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ ।
8तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो ।
23ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए ।
12तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।”
11हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
1¶ त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
6त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्ति मैले होसियारीसाथ छानेको देशमा ल्याउनेछु । त्यहाँ दूध र मह बग्दैथियो । यो सबै देशहरूभन्दा बढी सुन्दर गहना थियो ।
20किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन् ।