१ इतिहास 7:10

अनलक शाब्दिक बाइबल

येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 3:15-30 : 15 जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए । 16 एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे । 17 तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।) 18 एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के । 19 गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए । 20 एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे । 21 एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए । 22 त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् । 23 त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए । 24 एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।” 25 राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे । 26 अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे । 27 जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे । 28 उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् । 29 त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए । एउटा पनि उम्केन । 30 यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 7:5-9
    5 पदहरू
    82%

    5इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।

    6बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।

    7बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।

    8बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।

    9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

  • १ इति 7:11-13
    3 पदहरू
    82%

    11यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।

    12(शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)

    13नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।

  • १ इति 7:36-38
    3 पदहरू
    78%

    36सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,

    37बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए ।

    38येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए ।

  • 3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

  • 7बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,

  • १ इति 23:10-11
    2 पदहरू
    76%

    10शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।

    11यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए ।

  • १ इति 5:13-14
    2 पदहरू
    76%

    13तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना थिए ।

    14यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।

  • 7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,

  • 27एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।

  • 38यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,

  • 2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।

  • 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

  • 27जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।

  • १ इति 7:30-33
    4 पदहरू
    74%

    30आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ ।

    31बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए ।

    32हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।

    33यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।

  • 21बेन्‍यामीनका छोराहरू बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द थिए ।

  • 42एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।

  • 14सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 24तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।

  • १ इति 4:36-37
    2 पदहरू
    74%

    36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,

    37र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।

  • १ इति 7:19-20
    2 पदहरू
    74%

    19शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।

    20एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।

  • 8यरोहामका छोरा यिब्‍नियाह; उज्‍जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्‍लाम, जो शपत्‍याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।

  • 7आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र

  • 3इस्साखार, जबूलून, र बेन्यामीन,

  • 43नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।

  • 33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।

  • 2तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।

  • 17आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए ।

  • १ इति 12:6-7
    2 पदहरू
    73%

    6कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम,

    7गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।

  • 20तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद थिए ।

  • 6जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।

  • 54बस्‍लूत, महीदा, हर्शा,

  • 6एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:

  • 5जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।

  • 22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,