१ इतिहास 7:2

अनलक शाब्दिक बाइबल

तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 24:1-9 : 1 ¶ फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।” 2 राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् ।” 3 योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् । तर मेरा मालिक महाराजालाई यो किन चाहियो?” 4 तापनि, योआब र फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए । 5 तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे । 6 तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे । 7 तिनीहरू टुरोस अनि हिव्वीहरू र कनानीहरूका सबै सहरका किल्‍लासम्म पुगे । अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए । 8 जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए । 9 त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।
  • १ इति 21:1-5 : 1 ¶ इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो । 2 दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।” 3 योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?” 4 तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए । 5 त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
  • १ इति 27:1 : 1 ¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
  • १ इति 27:23-24 : 23 दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो । 24 सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌ । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।

  • १ इति 7:3-13
    11 पदहरू
    81%

    3उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।

    4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।

    5इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।

    6बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।

    7बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।

    8बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।

    9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

    10येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।

    11यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।

    12(शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)

    13नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।

  • १ इति 26:6-7
    2 पदहरू
    75%

    6तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।

    7शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।

  • 12वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।

  • १ इति 7:39-40
    2 पदहरू
    74%

    39उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए ।

    40यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।

  • 32यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।

  • 13इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए ।

  • 24तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।

  • 3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

  • १ इति 5:13-14
    2 पदहरू
    71%

    13तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना थिए ।

    14यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।

  • गिन 26:22-23
    2 पदहरू
    71%

    22यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।

    23यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,

  • 11यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए ।

  • 26तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ ।

  • 8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।

  • 7गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।

  • 21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।

  • १ इति 15:7-8
    2 पदहरू
    70%

    7गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए ।

    8एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।

  • 30एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए ।

  • 14हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्‍जीएल ।

  • 26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 7बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,

  • 5जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।

  • 37बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए ।

  • 6जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।

  • 6येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२

  • 67यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।

  • 19बिग्‍वैका परिवारका २,०६७

  • 28इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 14सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 32इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।

  • 17यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।

  • 24ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।

  • 7आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र

  • 24तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए ।