१ इतिहास 9:33
गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
34ती सबै जना आफ्ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्थे ।
14त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
15आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
25आफ्ना गाउँहरूमा बस्ने तिनीहरूका दाजुभाइ एक पल्टमा सात दिनका लागि पालैपालो आउँथे ।
26तर ढोकाका सुरक्षा गर्नेमध्येका चार जना लेवी अगुवाहरूलाई परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइयो ।
27तिनीहरू परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।
28तिमध्ये कोहीले मन्दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे ।
29तिमध्ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए ।
12यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
13यी लेवीहरू निर्माण सामाग्री बोक्नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
31सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।
32सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
33आ-आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
32तिनीहरूका दाजुभाइहरूमध्ये कोही, कोहातीहरूका सन्तानहरू, हरेक शबाथ-दिनमा उपस्थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए ।
45दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।
46किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।
47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।
22यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए । उज्जीचाहिँ आसापका सन्तान थिए । ती आसापका सन्तानहरू परमेश्वरको मन्दिरका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए ।
23तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।
23लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए ।
24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
28तिनीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्वरका मन्दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।
18तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।
6तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
16लेवीहरूका दुई जना अगुवाहरू सब्बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्मावाल थिए ।
24आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्योभन्दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।
13आफ्ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए ।
14लेवीहरूमा शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो मरारीका सन्तानमध्येका थिए ।
1¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
18यस अगि तिनीहरू लेवीका सन्तानहरूका छाउनीका निम्ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।
19शल्लूम, जो कोरेका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे ।
5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्नबलि, धूप, काठपातहरू, अन्नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्ने गर्थे ।
37यसैले दाऊदले दिन-दिनको आवश्यक काम निरन्तर रूपमा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
10लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ, अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहे छन् भनी मैले थाहा पाएँ ।
22लेवीहरूका अगुवा कनन्याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए ।
23यसैले तिनीहरू र तिनीहरूका सन्तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
16आफ्ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
16लेवीहरूका मुखियाहरूले आ-आफ्ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
3यरूशलेममा बस्ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।
26तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”
27यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।
12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्ना आफन्तहरूझैं परमप्रभुको मन्दिरको सेवा गर्नुपर्थ्यो ।
31तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ ।
15पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।
9तिनका सहयोगीहरू बक्बुक्याह र उन्नीचाहिँ सेवामा तिनीहरूका सामुन्ने उभिन्थे ।
48तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्वरको मन्दिरमा भएको पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो ।
4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
39इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।
30मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।