१ कोरिन्थीहरू 12:15
यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन ।
यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन ।
17यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट?
18तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो ।
19यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र?
20यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ ।
21आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
22बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् ।
23अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ ।
24देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन् । तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।
25शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।
26कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
27अब तिमीहरू ख्रीष्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ ।
12जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्टमा पनि त्यस्तै हुन्छ ।
13किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
14किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
4किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।
5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।
15तिमीहरूका शरीरहरू ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ? त्यसो नहोस्!
30किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
19उसले शिरलाई पक्री राख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ ।
8यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ ।
12अब यदि ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ?
35तर कसैले यसरी भन्नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?”
9सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”
16हामीले आशिष् दिने आशिष्को कचौरा ख्रीष्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्टको शरीरमा भएको सहभागिता होइन र?
17रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
12त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
13आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
4किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?
30र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।
16ख्रीष्टले विश्वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
19हात वा खुट्टा बाँङ्गिएको मानिस,
9तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन ।
45यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।
4ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
5म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहनेछु, त्यसले धैरै फल फलाउँछ, किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
6यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
19तब तिमीले भन्नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
7ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
19तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन?
37अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ ।
38तर परमेश्वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।
39सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।
12मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ ।
16यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्ट पनि जीवित पारिनुभएन ।
15विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।
44त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।
17तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
1¶ भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ ।