१ कोरिन्थीहरू 15:37

अनलक शाब्दिक बाइबल

अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 15:35-36
    2 पदहरू
    86%

    35तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?”

    36तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,

  • १ कोरि 15:38-39
    2 पदहरू
    84%

    38तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।

    39सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।

  • १ कोरि 15:42-44
    3 पदहरू
    78%

    42मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन ।

    43त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्‍छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्‍तिमा उठाइनेछ ।

    44त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।

  • गलाती 6:7-8
    2 पदहरू
    77%

    7धोकामा नपर । परमेश्‍वरको ठट्टा हुँदैन । मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ ।

    8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।

  • यूह 4:36-38
    3 पदहरू
    76%

    36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।

    37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।

    38तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”

  • मर 4:26-28
    3 पदहरू
    75%

    26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

    27ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ ।

    28जमिन आफैँले अन्‍न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ ।

  • 24साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।

  • 6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।

  • १ कोरि 9:10-11
    2 पदहरू
    71%

    10के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।

    11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?

  • 14बिउ छर्नेले वचन छर्छ ।

  • मत्त 13:29-31
    3 पदहरू
    71%

    29त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।

    30कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”

    31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

  • १ कोरि 15:49-51
    3 पदहरू
    70%

    49जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।

    50त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ ।

    51हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।

  • उप 11:4-6
    3 पदहरू
    70%

    4बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।

    5जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्‍चाका हड्‍डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।

    6बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।

  • 14किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।

  • 10छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।

  • 9तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ ।

  • 5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

  • 11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

  • १ कोरि 3:7-8
    2 पदहरू
    69%

    7त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।

    8अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।

  • 69%

    23तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट ।

    24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”

  • 37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

  • 31यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ ।

  • मत्त 13:24-25
    2 पदहरू
    68%

    24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

    25तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

  • 7अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।

  • 53किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।

  • 11तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्‍ट र घोर दुखको दिनमा फल दिनेछैन ।

  • 5अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन ।

  • 7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।

  • 15तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ? त्यसो नहोस्!

  • 5अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।

  • 6परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।