२ कोरिन्थीहरू 9:10
छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।
6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष् पाउने उद्देश्यले छर्नेले आशिष्कै कटनी गर्छ ।
7हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ ।
8र परमेश्वरले हरेक आशिष्लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।
9यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।”
11तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्वरप्रति चढाउने धन्यवाद उत्पन्न गराउनेछ ।
12किनकि सेवाको काम गर्दा विश्वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ ।
13सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्वरलाई महिमित तुल्याउनेछौ ।
37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्त उब्जनी ल्याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।
9मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्वरले साँच्चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ?
10के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्नेले बालीको आशा राखेर नै जोत्नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।
11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?
23तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्त रोटी दिनुहुनेछ, र अन्नहरू प्रशस्त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।
9उदार दृष्टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
6मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढाउनुभयो ।
7त्यसैले, रोप्ने र पानी हाल्ने केही होइन । तर परमेश्वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।
8अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।
9किनकि हामीहरू परमेश्वरका सहकर्मी हौँ । तिमीहरू परमेश्वरका बगैँचा र उहाँका भवनहरू हौ ।
36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ ।
10किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्यसलाई उब्जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्म ती त्यहाँ फर्कंदैनन्,
12आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्वस्तताको फल कटनी गर । आफ्नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।
14तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
15यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”
7कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र?
24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
25उदार व्यक्तिको उन्नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
6परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्त गर्नुपर्छ ।
14बिउ छर्नेले वचन छर्छ ।
5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
15उनले तिमीहरूका अन्नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
14त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।
28जमिन आफैँले अन्न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ ।
38यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
11अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो ।
9तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।
10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
26येशूले भन्नुभयो, “परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।
12हो, परमप्रभुले आफ्नो उत्तम आशिष् दिनुहुनेछ र हाम्रो जमिनले आफ्नो अन्नहरू उब्जाउनेछ ।
16तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
10तपाईंले यसका जोतेका खेतलाई प्रशस्त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष् दिनुहुन्छ ।
37अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ ।
8अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”
12किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।
3तब येशूले दृष्टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्नुभयो । उहाँले यसो भन्नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।
3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।
7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन ।
6जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
9किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक ।