मरकुस 4:31

अनलक शाब्दिक बाइबल

यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 22:17-18 : 17 म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु । तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌ । 18 तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”
  • भजन 72:16-19 : 16 देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् । 17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् । 18 परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ । 19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
  • यशा 2:2-3 : 2 अन्तका दिनहरूमा यस्‍तो हुनेछ परमप्रभुको मन्‍दिरको पर्वतलाई सबैभन्दा उच्‍च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्‍यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् । 3 धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
  • यशा 9:7 : 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
  • यशा 49:6-7 : 6 अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।” 7 जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”
  • यशा 53:2 : 2 किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
  • यशा 53:12-54:3 : 12 यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो । 1 ¶ “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ । 2 “उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् । 3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।
  • यशा 60:22 : 22 थोरैचाहिं एक हजार हुनेछ, सानो एउटा पनि बलियो जाति हुनेछ । जब समय आउँछ, तब म, परमप्रभुले यी कुराहरू चाँडै नै पुरा गर्नेछु ।
  • यहे 17:22-24 : 22 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'यसैले त्‍यो देवदारुको सबैभन्‍दा टुप्‍पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्‍नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्‍च पर्वतमा रोप्‍नेछु । 23 त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् । 24 तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।
  • दानी 2:34-35 : 34 हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो । 35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।
  • दानी 2:44-45 : 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ । 45 जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।”
  • आमो 9:11-15 : 11 त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्‍नेछु । त्यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु, 12 ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ । 13 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र दाख पेल्‍नेले बीउ छर्नेलाई उछिन्‍नेछ । पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ, र सबै पहाडहरू त्योसँगै बग्‍नेछन् । 14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् । 15 म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।
  • मीका 4:1-2 : 1 ¶ तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् । 2 धेरै जातिहरू गएर भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्‍वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ ।
  • जक 2:11 : 11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
  • जक 8:20-23 : 20 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन् । 21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’ 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • जक 12:8 : 8 त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।
  • जक 14:6-9 : 6 त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ । 7 त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ । 8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्‍नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्‍चिमी समुद्रतिर बग्‍नेछ । 9 परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।
  • मल 1:11 : 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 13:31-33 : 31 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो । 32 यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।” 33 त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”
  • लू 13:18-19 : 18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु? 19 यो एउटा रायोको बिउजस्तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”
  • प्रेरि 2:41 : 41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
  • प्रेरि 4:4 : 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
  • प्रेरि 5:14 : 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य स्‍त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए ।
  • प्रेरि 19:20 : 20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
  • प्रेरि 21:20 : 20 उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
  • प्रका 11:15 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
  • प्रका 20:1-6 : 1 ¶ तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे । 3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ । 4 अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे । 5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो । 6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 13:31-33
    3 पदहरू
    88%

    31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

    32यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”

    33त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”

  • मर 4:32-33
    2 पदहरू
    87%

    32तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून् ।

    33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

  • लू 13:18-21
    4 पदहरू
    85%

    18तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?

    19यो एउटा रायोको बिउजस्तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”

    20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

    21यो एउटा स्‍त्रीले खमिरलाई लिएर तिन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाएजस्तो हो ।”

  • मर 4:26-30
    5 पदहरू
    83%

    26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

    27ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ ।

    28जमिन आफैँले अन्‍न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ ।

    29जब अन्‍न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”

    30उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ?

  • 6प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ ।

  • 11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

  • मर 4:3-8
    6 पदहरू
    76%

    3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

    4त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।

    5अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन ।

    6तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।

    7अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।

    8अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”

  • 14बिउ छर्नेले वचन छर्छ ।

  • मत्त 13:3-8
    6 पदहरू
    75%

    3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

    4जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।

    5अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।

    6तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।

    7अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।

    8अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।

  • मत्त 13:23-25
    3 पदहरू
    75%

    23असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

    24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

    25तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

  • लू 8:5-7
    3 पदहरू
    74%

    5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

    6अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।

    7अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।

  • 20येशूले उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।

  • मर 4:17-18
    2 पदहरू
    71%

    17तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।

    18अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्,

  • 18तब बिउ छर्नेको दृष्‍टान्त सुन ।

  • मर 4:20-21
    2 पदहरू
    71%

    20असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”

    21येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ ।

  • मत्त 13:37-38
    2 पदहरू
    70%

    37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

    38बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,

  • 28यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।

  • 30यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्‍वासीहरू हो?

  • 4त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।

  • 44स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।

  • 47फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।

  • 29येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।

  • 37अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ ।