१ कोरिन्थीहरू 13:12

अनलक शाब्दिक बाइबल

किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ कोरि 3:18 : 18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
  • १ यूह 3:2 : 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।
  • १ कोरि 13:9-9 : 9 किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ । 10 तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
  • फिलि 3:12 : 12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु ।
  • याक 1:23 : 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।
  • मत्त 5:8 : 8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।
  • गिन 12:8 : 8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
  • २ कोरि 5:7 : 7 हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।
  • १ कोरि 8:3 : 3 तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।
  • उत्प 32:30 : 30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
  • निर्ग 33:11 : 11 एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
  • मत्त 18:10 : 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
  • यूह 10:15 : 15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
  • रोमी 8:18 : 18 यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु ।
  • प्रका 22:4 : 4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 13:8-11
    4 पदहरू
    79%

    8प्रेमको कहिलै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्द हुनेछन् । अनि ज्ञान बितेर जानेछ ।

    9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।

    10तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।

    11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।

  • १ यूह 3:1-2
    2 पदहरू
    75%

    1¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।

    2प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।

  • 18अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।

  • 13तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍‍यको निश्‍चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।

  • 13विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।

  • 16त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।

  • १ कोरि 8:1-3
    3 पदहरू
    69%

    1¶ मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ ।

    2यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।

    3तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।

  • २ कोरि 12:1-3
    3 पदहरू
    69%

    1¶ मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु ।

    2म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।

    3र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।

  • १ कोरि 2:9-11
    3 पदहरू
    68%

    9तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”

    10परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।

    11मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।

  • 5यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

  • 18किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।

  • 25र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।

  • 6तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।

  • 14किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।

  • 20भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।

  • 6किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।

  • 15यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।

  • 17न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।

  • 9हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन ।

  • 7हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।

  • २ कोरि 1:13-14
    2 पदहरू
    67%

    13हामी तिमीहरूले पढ्न र बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ ।

    14जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ । येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ ।

  • 20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

  • 12परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।

  • २ कोरि 3:12-13
    2 पदहरू
    66%

    12हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।

    13हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।

  • 2तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।

  • १ कोरि 15:51-52
    2 पदहरू
    66%

    51हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।

    52हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।

  • 25मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।

  • 12रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ ।

  • 19यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।

  • 49जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।

  • 16किनाकि “कसले परमेश्‍वरको मनलाई जान्दछ? र कसले उहाँलाई अर्ती दिन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ ।

  • 7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”

  • 9किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।

  • 17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।

  • 4जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ ।

  • 16तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।

  • 16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।