२ कोरिन्थीहरू 3:16
तर जब कोही व्यक्ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
तर जब कोही व्यक्ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
12हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
13हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।
14तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्टमा मात्र यो खोलिन्छ ।
15तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
17परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्त्रता हुन्छ ।
18अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
33तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले ।
34मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।
35इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।
3यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
4तिनीहरूको विषयमा भन्ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ ।
7उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
19त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
6परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
7अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
8पवित्र आत्माको काम झन् कति धेरै महिमित होला?
10तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
16त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।
3पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
15यसकारण, हामी परिपक्व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्न प्रकारले विचार गर्दछौ भने परमेश्वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
6अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ ।
18त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्नेछ र अन्धाका आँखाले गहन अन्धकारबाट देख्नेछ ।
16अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन् ।
6किनकि परमेश्वरले भन्नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।
27अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
4जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्टिको बारेमा तिमीहरूले बुझ्न सक्ने छौ ।
3र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्टका पत्र हौ भन्ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।
13परमप्रभु भन्नुभयो, “यी मानिसहरू आफ्ना मुखले मेरो नजिक आउँछन् र आफ्ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।
3त्यो दिनमा तिमीहरूका कष्ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्छ,
12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
25उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्वर साँच्चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
40“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्ने थिए र उनीहरूका हृदयले बुझ्ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
5र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।
10परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
23त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्, तर मेरो अनुहारचाहिँ देख्नेछैनस् ।”
30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
12परमप्रभु भन्नुहुन्छ “अहिले पनि, आफ्ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”
23तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।
2प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
23हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।
17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
4जब ख्रीष्ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
10यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्धो बनाऊ । अन्यथा तिनीहरूका आफ्नो आँखाले देख्लान्, तिनीहरूका कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र तब फर्केर निको होलान् ।”
5तब अन्धाहरूका आँखाहरूले देख्नछन् र बहिराहरूका कानले सुन्नेछन् ।
45तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
5छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्ट्याउने पर्दा झिक्नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्नुपर्छ ।
16तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
1¶ हेर, ती दिनमा र त्यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,
16तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले फेरि यसो भन्नेछैनन्, 'परमप्रभुको करारको सन्दुक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्नेछैन र अर्को बनाइनेछैन ।’