१ कोरिन्थीहरू 15:13

अनलक शाब्दिक बाइबल

तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ थेस 4:14 : 14 येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
  • २ तिमो 4:8 : 8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
  • इब्रा 2:14 : 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो ।
  • इब्रा 13:20 : 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
  • १ पत्रु 1:3 : 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
  • प्रका 1:18 : 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
  • यूह 11:25-26 : 25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । 26 जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ?”
  • प्रेरि 23:8 : 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।
  • रोमी 4:24-25 : 24 यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं । 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
  • रोमी 8:11 : 11 येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
  • रोमी 8:23 : 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।
  • १ कोरि 15:20 : 20 तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।
  • २ कोरि 4:10-14 : 10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । 11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । 12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा । 13 “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ । 14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।
  • कलस्सी 3:1-4 : 1 ¶ यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ । 2 माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ । 3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ । 4 जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 15:14-23
    10 पदहरू
    94%

    14र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ ।

    15अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ ।

    16यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

    17तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ ।

    18तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् ।

    19यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ ।

    20तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।

    21किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।

    22किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।

    23तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।

  • १ कोरि 15:11-12
    2 पदहरू
    91%

    11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।

    12अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ?

  • १ कोरि 15:3-5
    3 पदहरू
    76%

    3किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो,

    4उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।

    5त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।

  • 29नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए?

  • 30तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।

  • 35तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?”

  • १ कोरि 15:42-44
    3 पदहरू
    74%

    42मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन ।

    43त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्‍छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्‍तिमा उठाइनेछ ।

    44त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।

  • रोमी 8:9-11
    3 पदहरू
    73%

    9तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।

    10यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।

    11येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।

  • 11ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।

  • रोमी 6:8-9
    2 पदहरू
    72%

    8तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।

    9हामी जान्दछौँ, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।

  • १ थेस 4:13-16
    4 पदहरू
    72%

    13भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।

    14येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।

    15परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।

    16प्रभु आफै स्वर्गबाट ठुलो प्रशंसा, प्रधान स्वर्गदूतको आवाज र तुरहीको गर्जनसहित आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले बिउँतनेछन् ।

  • 9यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।

  • २ कोरि 5:14-15
    2 पदहरू
    71%

    14किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।

    15अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।

  • 25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।

  • 37तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।

  • 14किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”

  • 32यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”

  • 6तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।

  • 5किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।

  • 1¶ यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ ।

  • 6उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।

  • 6उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ ।

  • 55“हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?”

  • 3उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।”

  • 5बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो ।

  • 15तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।

  • 32जब एथेन्सका मानिसहरूले मृत्त व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए तर अरूहरूले यसो भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौँ ।”

  • 14परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ ।

  • 31तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,