१ कोरिन्थीहरू 15:19

अनलक शाब्दिक बाइबल

यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ तिमो 3:12 : 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
  • १ पत्रु 1:21 : 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
  • यूह 16:33 : 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
  • १ कोरि 6:3-4 : 3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ? 4 त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ । त्यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन ।
  • एफिसी 1:12-13 : 12 उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्‍वरले यो गर्नुभयो । हामी ख्रीष्‍टमा भरोसा राख्‍ने पहिलो व्‍यक्तिहरू थियौँ । 13 ख्रीष्‍टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
  • १ थेस 1:3 : 3 हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो ।
  • २ तिमो 1:12 : 12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।
  • २ तिमो 2:4 : 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • १ कोरि 4:9-9 : 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ । 10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ । 11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ । 12 हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ । 13 मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ । हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
  • प्रका 14:13 : 13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
  • भजन 17:14 : 14 हे परमप्रभु, तपाईंको हातले मानिसहरूबाट मलाई छुटकारा दिनुहोस्, यस संसारका मानिसहरू जसको समृद्धि यस जीवनमा मात्र छ । तपाईंले आफ्ना बहुमूल्यहरूका पेट दौलतले भर्नुहुनेछ । तिनीहरूका धेरै छोराछोरी हुनेछन् र आफ्‍ना धन आफ्‍ना छोराछोरीलाई छोड्नेछन् ।
  • उप 6:11 : 11 जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
  • उप 9:9 : 9 परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।
  • मत्त 10:21-25 : 21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् । 22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ । 23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ । 24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ । 25 चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!
  • मत्त 24:9 : 9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।
  • लू 8:14 : 14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।
  • लू 21:34 : 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
  • यूह 16:2 : 2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 15:12-18
    7 पदहरू
    82%

    12अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ?

    13तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

    14र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ ।

    15अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ ।

    16यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

    17तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ ।

    18तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् ।

  • १ कोरि 15:20-23
    4 पदहरू
    77%

    20तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।

    21किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।

    22किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।

    23तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।

  • 8तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।

  • रोमी 8:24-25
    2 पदहरू
    73%

    24किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र?

    25तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।

  • 19किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र?

  • १ थेस 4:13-15
    3 पदहरू
    72%

    13भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।

    14येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।

    15परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।

  • १ कोरि 15:29-32
    4 पदहरू
    71%

    29नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए?

    30र किन हामी हरपल खतरामा छौँ?

    31म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।

    32यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”

  • 10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।

  • २ कोरि 5:14-15
    2 पदहरू
    70%

    14किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।

    15अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।

  • 10उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।

  • 11ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।

  • 21किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।

  • 8यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउदछौँ ।

  • २ कोरि 4:11-12
    2 पदहरू
    70%

    11हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ ।

    12यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।

  • २ कोरि 1:7-9
    3 पदहरू
    70%

    7तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ ।

    8भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।

    9वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो ।

  • 11यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।

  • 13अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।

  • २ कोरि 5:2-4
    3 पदहरू
    69%

    2किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं ।

    3हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ ।

    4किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ ।

  • 21तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।

  • 10यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।

  • 15किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।

  • 20तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ ।

  • 4किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।

  • 8तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्‍वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्‍तिको टोप पनि लगाऔँ ।

  • 5जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ ।

  • 17यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।

  • 10किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्‍वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।

  • 3किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो,

  • 11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?