१ कोरिन्थीहरू 4:10
हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
9किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ ।
11यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ ।
12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।
13मानिसले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौँ । हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
25किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ ।
3तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न । तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ ।
4किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्वरको शक्तिद्वारा उहाँमा जिउँछौँ ।
19किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ!
20किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।
21म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
10त्यसकारण, म ख्रीष्टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
11म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
27तर परमेश्वरले बुद्धिमान्हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो ।
12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।
13किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।
5किनकि हामी आफैँलाई होइन, तर ख्रीष्टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।
7यो अति नै महान् शक्ति हामीसँग होइन, तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
8हामी सबैतिरबाट कष्टित भएका छौँ, तर निराश भएका छैनौँ ।
9हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ ।
10येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ ।
11हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ ।
12यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।
9किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
8हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ ।
9हामी नचिनिएका व्यक्तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन ।
10हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।
1¶ अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
7जे कुरा तिमीहरूको अगाडि स्पष्ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्टको हो भन्ने कुरामा विश्वस्त छ भने, ऊ ख्रीष्टको भए जस्तैहामी पनि ख्रीष्टका हौँ भन्ने कुरा आफैँलाई याद दिलाओस् ।
8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्जित हुनेछैन ।
6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5
8भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौँ । हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।
10तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्न योग्यका छैनन् ।”
11त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ ।
12हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन ।
18कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
19किनकि संसारको ज्ञान परमेश्वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
4त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
9यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।
1¶ त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
20बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र?
12यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्यौँ ।
19के यतिञ्जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्ने तिमीहरू सोच्छौ? परमेश्वरको दृष्टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्टमा बोलिरहेका छौँ ।
2तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बताउन परमेश्वरमा साहसी भयौँ ।
18किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो ।
36जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।”
6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
16त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ ।
17हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।