१ कोरिन्थीहरू 4:6

अनलक शाब्दिक बाइबल

अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 1:12 : 12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।
  • १ कोरि 13:4 : 4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन ।
  • २ कोरि 11:4 : 4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!
  • २ तिमो 2:10 : 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् ।
  • १ कोरि 4:18-19 : 18 म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् । 19 तर यदि परमेश्‍वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु ।
  • १ कोरि 5:2 : 2 तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।
  • १ कोरि 8:1 : 1 ¶ मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ ।
  • १ कोरि 9:23 : 23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ ।
  • १ कोरि 5:6 : 6 तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ?
  • १ कोरि 1:19 : 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
  • १ कोरि 1:31 : 31 यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस् ।”
  • १ कोरि 3:4-7 : 4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र? 5 त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ । 6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो । 7 त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।
  • १ कोरि 3:19 : 19 किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
  • १ कोरि 3:21 : 21 त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,
  • गिन 11:28-29 : 28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।” 29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो!”
  • अय्यू 11:11-12 : 11 किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र? 12 तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन् ।
  • भजन 8:4 : 4 मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्‍ता दिनुहुन्छ?
  • भजन 146:3 : 3 शासकहरू वा मनावजातिमा आफ्‍नो भरोसा नराख, जसमा कुनै उद्धार छैन ।
  • यशा 2:22 : 22 मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
  • यिर्मि 17:5-6 : 5 परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ । 6 त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।
  • मत्त 23:8-9 : 8 तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ । 9 अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ । 10 न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।
  • यूह 3:26-27 : 26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।” 27 यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन ।
  • रोमी 12:3 : 3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
  • २ कोरि 11:12-15 : 12 तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु । 13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् । 14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ । 15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
  • २ कोरि 12:6 : 6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।
  • २ कोरि 12:19 : 19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।
  • कलस्सी 2:18 : 18 नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।
  • १ थेस 1:5 : 5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
  • २ कोरि 4:15 : 15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् ।
  • २ कोरि 10:7 : 7 जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।
  • २ कोरि 10:12 : 12 हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन ।
  • २ कोरि 10:15 : 15 हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 4:7-8
    2 पदहरू
    80%

    7किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ?

    8तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।

  • १ कोरि 3:3-5
    3 पदहरू
    78%

    3किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?

    4किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?

    5त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।

  • 21त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,

  • १ कोरि 1:12-13
    2 पदहरू
    77%

    12मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।

    13के ख्रीष्‍ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र?

  • गलाती 6:3-4
    2 पदहरू
    76%

    3किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।

    4हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।

  • २ कोरि 10:7-8
    2 पदहरू
    76%

    7जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।

    8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।

  • 6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।

  • फिलि 2:3-4
    2 पदहरू
    76%

    3स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान ।

    4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।

  • २ कोरि 10:12-13
    2 पदहरू
    75%

    12हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन ।

    13तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।

  • २ कोरि 10:15-16
    2 पदहरू
    75%

    15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

    16हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।

  • 16एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।

  • 5किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।

  • १ कोरि 4:3-5
    3 पदहरू
    74%

    3तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।

    4मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ ।

    5यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

  • २ कोरि 11:16-17
    2 पदहरू
    74%

    16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।

    17मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।

  • 6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5

  • 26हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।

  • 2तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।

  • 29उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।

  • रोमी 12:3-4
    2 पदहरू
    73%

    3किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।

    4किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।

  • 4त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,

  • 18म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।

  • 12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।

  • 19के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।

  • 10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

  • 13यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।

  • 18नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।

  • 1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।

  • 6तर महत्त्वपूर्ण देखिएकाहरूले मलाई केही पनि सहयोग गरेनन् । तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन । मानिसले मन पराएकाहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न ।

  • 4नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।

  • 18कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।

  • 2यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।

  • 4त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ । त्यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन ।

  • 5किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।

  • 12भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।

  • 11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।

  • 10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।

  • 6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।