१ कोरिन्थीहरू 5:2

अनलक शाब्दिक बाइबल

तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 5:13 : 13 तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”
  • २ कोरि 7:7-9 : 7 तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ । 8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ । 9 तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ । 10 किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ । 11 हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
  • २ कोरि 12:21 : 21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
  • प्रका 2:20-22 : 20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे । 21 मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्छा गरिन । 22 हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु ।
  • १ कोरि 5:5-7 : 5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् । 6 तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ? 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ ।
  • गिन 25:6 : 6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।
  • २ राजा 22:19 : 19 तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।
  • एज्रा 9:2-6 : 2 किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् ।” 3 जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें । 4 साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए । 5 तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ । 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
  • एज्रा 10:1-6 : 1 ¶ एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए । 2 एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ । 3 त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् । 4 उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।” 5 त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए । 6 तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए ।
  • भजन 119:136 : 136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् । साधे
  • यिर्मि 13:17 : 17 त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।
  • यहे 9:4 : 4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”
  • यहे 9:6 : 6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
  • १ कोरि 4:6-8 : 6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो । 7 किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ? 8 तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
  • १ कोरि 4:18 : 18 म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ तिमीहरूका बिचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।

  • 3किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु ।

  • १ कोरि 5:5-6
    2 पदहरू
    76%

    5शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस् ।

    6तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ?

  • 21म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।

  • १ कोरि 5:9-13
    5 पदहरू
    73%

    9मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।

    10त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।

    11तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।

    12किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?

    13तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 11हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।

  • २ कोरि 2:5-7
    3 पदहरू
    73%

    5यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।

    6त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।

    7त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।

  • १ कोरि 6:7-9
    3 पदहरू
    72%

    7वास्तवमा ख्रीष्‍टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु? बरु, किन आफैँलाई ठगिन नदिनु?

    8तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन्!

    9अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,

  • 1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।

  • 4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।

  • 16तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।

  • 3जस्तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।

  • 10प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।

  • 19शरीरका कामहरू प्रत्यक्ष देख्‍न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,

  • 17यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।

  • रोमी 2:1-3
    3 पदहरू
    71%

    1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।

    2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

    3तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र?

  • १ थेस 4:5-6
    2 पदहरू
    71%

    5(परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।

    6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।

  • एफिसी 5:5-7
    3 पदहरू
    71%

    5तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।

    6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।

    7यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।

  • 5तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु । के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन?

  • 22तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ?

  • 5तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।

  • 4के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?

  • 12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।

  • 18यौन अनैतिकतादेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ ।

  • 22के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनूँ? के तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।

  • 34धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।

  • 5त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।

  • 15तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ? त्यसो नहोस्!

  • 17यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।

  • 11आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।

  • 11अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।

  • 10अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्‍वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।

  • 21डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।

  • 14यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।

  • 3किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?