गलातीहरू 4:12

अनलक शाब्दिक बाइबल

भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 34:15 : 15 यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।
  • १ राजा 22:4 : 4 त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”
  • २ कोरि 2:5 : 5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
  • २ कोरि 6:13 : 13 अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख ।
  • गलाती 2:14 : 14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”
  • गलाती 6:14 : 14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
  • प्रेरि 21:21 : 21 तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
  • १ कोरि 9:20-23 : 20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ । 21 म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ । 22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु । 23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ ।
  • फिलि 3:7-8 : 7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु । 8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ,
  • गलाती 6:18 : 18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।

  • 1¶ मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।

  • २ कोरि 12:13-14
    2 पदहरू
    78%

    13म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।

    14हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ ।

  • 11म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।

  • 11म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।

  • गलाती 4:13-15
    3 पदहरू
    76%

    13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।

    14मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ ।

    15त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।

  • २ कोरि 10:1-2
    2 पदहरू
    75%

    1¶ म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।

    2म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • फिले 1:8-10
    3 पदहरू
    74%

    8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

    9प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,

    10म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ ।

  • 17भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर ।

  • 1¶ यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।

  • 14किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।

  • 5किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।

  • फिले 1:16-17
    2 पदहरू
    73%

    16अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।

    17त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।

  • 1¶ मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!

  • 30भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर ।

  • 22अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।

  • 1¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।

  • 19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।

  • 10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

  • 14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।

  • १ कोरि 9:1-2
    2 पदहरू
    72%

    1¶ के म स्वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र?

    2म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ ।

  • 12अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।

  • 7के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।

  • 2म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दछु ।

  • 9तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।

  • २ कोरि 12:16-17
    2 पदहरू
    72%

    16यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ ।

    17के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र?

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।

  • 13अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख ।

  • 20म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।

  • 19किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ ।

  • २ कोरि 11:21-22
    2 पदहरू
    71%

    21म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।

    22के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ । के तिनीहरू इस्राएली हुन्? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ ।

  • 16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।

  • 6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।

  • 12यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

  • 8उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।

  • 13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।

  • 10के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।

  • 15स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि