२ कोरिन्थीहरू 11:1

अनलक शाब्दिक बाइबल

¶ मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ कोरि 11:19 : 19 किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ!
  • २ कोरि 5:13 : 13 किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।
  • २ कोरि 11:4 : 4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!
  • २ कोरि 11:16-17 : 16 म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ । 17 मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।
  • २ कोरि 11:21 : 21 म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
  • २ कोरि 12:11 : 11 म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
  • इब्रा 5:2 : 2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
  • गिन 11:29 : 29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो!”
  • यहो 7:7 : 7 त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।
  • २ राजा 5:3 : 3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।”
  • मत्त 17:17 : 17 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्‍ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? उसलाई यता मकहाँ ल्याओ ।”
  • प्रेरि 18:14 : 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो ।
  • प्रेरि 26:29 : 29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”
  • १ कोरि 1:21 : 21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।
  • १ कोरि 3:18 : 18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
  • १ कोरि 4:8 : 8 तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
  • १ कोरि 4:10 : 10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ कोरि 11:2-3
    2 पदहरू
    79%

    2किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।

    3तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ ।

  • २ कोरि 11:16-21
    6 पदहरू
    77%

    16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।

    17मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।

    18धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।

    19किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ!

    20किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।

    21म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।

  • 13म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।

  • 11म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।

  • गलाती 4:11-13
    3 पदहरू
    73%

    11म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।

    12भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।

    13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।

  • २ कोरि 12:5-6
    2 पदहरू
    73%

    5त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।

    6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।

  • २ कोरि 10:1-2
    2 पदहरू
    73%

    1¶ म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु ।

    2म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।

  • 8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

  • 13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।

  • 15त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।

  • 2ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।

  • 22अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।

  • 5किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।

  • 1¶ मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।

  • 10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।

  • 10तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,

  • २ कोरि 12:15-16
    2 पदहरू
    71%

    15म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र?

    16यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ ।

  • 20म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।

  • 13यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो ।

  • 25किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।

  • 23बरु, मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ ।

  • रोमी 1:10-13
    4 पदहरू
    70%

    10परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।

    11म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।

    12अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।

    13मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।

  • 19के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।

  • 30यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।

  • 9तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।

  • 8किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।

  • 21म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।

  • 16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।

  • 18त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • 4तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।

  • 11किन? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्‍वर जान्‍नुहुन्छ ।

  • २ कोरि 2:3-4
    2 पदहरू
    69%

    3मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।

    4किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ ।

  • 3अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।

  • 2कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ ।