१ कोरिन्थीहरू 3:14
यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ ।
यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।
9किनकि हामीहरू परमेश्वरका सहकर्मी हौँ । तिमीहरू परमेश्वरका बगैँचा र उहाँका भवनहरू हौ ।
10परमेश्वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्तिले कसरी बनाउँदै छ भन्ने बारेमा सावधान रहनुपर्छ ।
11किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ ।
12यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
13उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
15तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
6परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः
7अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ ।
8आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
27किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
4हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।
10किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।
4अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ ।
12“हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
10तर परमेश्वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
11सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
5कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्न सक्दैन ।
6परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्त गर्नुपर्छ ।
24तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्ट हुनुहुन्छ ।
6यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
58त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्वरको काममा व्यस्त रहो, किनकि परमेश्वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
7तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो ।
14किनकि हामीले गरेको हरेक गुप्त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्वरले इन्साफ गर्नुहुने छ ।
17जसले प्रत्येक व्यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
17यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
9कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।
12त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
12यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ ।
18दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
21कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
3तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँदछ ।
14त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष् पाउने उद्देश्यले छर्नेले आशिष्कै कटनी गर्छ ।
4हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्वर नै हुनुहुन्छ ।
4हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्यसका दुई छेउ र बिचको भाग आगोले भस्म भयो भने, के त्यो कुनै कामको हुन्छ र?
19हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
14मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र?
11बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
11यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ ।
29नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने, यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र
6आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।
35त्यसकारण, आफ्नो निश्चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ ।
9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”
11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।
17ताकि परमेश्वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।