१ यूहन्ना 4:14
अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9यसैमा परमेश्वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
10यसैमा उहाँको प्रेम छ, हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
11प्रिय हो, परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
13यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।
1¶ सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्
2(अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);
3जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ ।
16किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
17किनकि परमेश्वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
15जसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्वरमा रहन्छ ।
16अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।
17न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
42तिनीहरूले ती स्त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।”
9हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।
34मैले देखेको, र उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर गवाही दिएको छु ।”
18कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन । पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ ।
1¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
2प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
4जसले हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
14अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
11अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
46परमेश्वरबाट आएकाले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
33तिमीहरूले यूहन्नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।
34तर मैले प्राप्त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।
36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्ने गवाही दिन्छन् ।
37मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
20तर हामी जान्दछौँ, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्टमा पनि छौँ । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ ।
2उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
26जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
33उहाँको गवाही ग्रहण गर्नेले परमेश्वर सत्य हुनुहुन्छ भन्ने पुष्टि गरेको छ ।
34किनकि परमेश्वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्न ।
35पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
4तर जब परमेश्वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्यो,
2यसैद्वारा तिमीहरूले परमेश्वरको आत्मालाई चिन्नेछौः येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरको हो ।
4उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ ।
7उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
3परमेश्वर पिता र येशू ख्रीष्ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।
16हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
8फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्त हुनेछ ।”
2परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्टको बारेमा यूहन्नाले गवाही दिएका छन् ।
6उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।
7किनकि गवाही दिनेहरू तिन छन्,
9उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो ।
4मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
45र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।”
6हामी परमेश्वरका हौँ । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
30किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
18मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
29अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!