यूहन्ना 1:34

अनलक शाब्दिक बाइबल

मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 4:3 : 3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
  • यूह 1:49 : 49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!”
  • भजन 2:7 : 7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।
  • भजन 89:26-27 : 26 त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्‍वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।' 27 मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई म राख्‍नेछु ।
  • मत्त 3:17 : 17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
  • यूह 20:31 : 31 तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
  • रोमी 1:4 : 4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ ।
  • २ कोरि 1:19 : 19 किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ ।
  • इब्रा 1:1-2 : 1 ¶ प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो । 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो ।
  • इब्रा 1:5-6 : 5 के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?” 6 फेरि, जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।”
  • इब्रा 7:3 : 3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्‍ति हुन् । बरु, उनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ ।
  • १ यूह 2:23 : 23 पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।
  • १ यूह 3:8 : 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
  • १ यूह 4:9 : 9 यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
  • १ यूह 4:14-15 : 14 अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ । 15 जसले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ ।
  • १ यूह 5:9-9 : 9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ । 10 जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन । 11 अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । 12 जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन । 13 मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक ।
  • १ यूह 5:20 : 20 तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ ।
  • २ यूह 1:9 : 9 जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
  • प्रका 2:18 : 18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
  • यूह 3:16-18 : 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । 17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । 18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।
  • यूह 3:35-36 : 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । 36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”
  • यूह 5:23-27 : 23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन । 24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । 25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् । 26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
  • यूह 10:36 : 36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ?
  • यूह 11:27 : 27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्छ ।”
  • यूह 19:7 : 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
  • मत्त 4:6 : 6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
  • मत्त 8:29 : 29 हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
  • मत्त 11:27 : 27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।
  • मत्त 16:16 : 16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”
  • मत्त 17:5 : 5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”
  • मत्त 26:63 : 63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”
  • मत्त 27:40 : 40 “तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”
  • मत्त 27:43 : 43 उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
  • मत्त 27:54 : 54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”
  • मर 1:1 : 1 ¶ यो परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो ।
  • मर 1:11 : 11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”
  • लू 1:35 : 35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।
  • लू 3:22 : 22 पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”
  • यूह 1:18 : 18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।
  • यूह 20:28 : 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”
  • यूह 6:69 : 69 र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”
  • यूह 10:30 : 30 म र पिता एक हौँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 1:26-33
    8 पदहरू
    83%

    26अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,

    27उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”

    28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।

    29अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा!

    30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।

    31म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”

    32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।

    33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’

  • यूह 1:35-37
    3 पदहरू
    78%

    35फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,

    36तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!”

    37यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।

  • 2परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।

  • यूह 1:14-15
    2 पदहरू
    77%

    14अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।

    15यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ ।”

  • मर 1:7-11
    5 पदहरू
    77%

    7उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।

    8मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”

    9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।

    10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।

    11अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”

  • यूह 5:32-36
    5 पदहरू
    76%

    32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।

    33तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।

    34तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।

    35यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।

    36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।

  • यूह 1:18-20
    3 पदहरू
    75%

    18कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।

    19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।

    20उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”

  • यूह 1:6-8
    3 पदहरू
    75%

    6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।

    7उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।

    8यूहन्‍ना ज्‍योति थिएनन्, तर ज्‍योतिको बारेमा गवाही दिन भनेर उनी आए ।

  • 28तिमीहरू आफैँ गवाही दिन सक्‍छौ, कि मैले भनेँ, ‘म ख्रीष्‍ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’

  • मत्त 3:16-17
    2 पदहरू
    75%

    16उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।

    17हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”

  • 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर ।

  • 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • 18मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”

  • 18यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

  • 17उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”

  • 32उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।

  • १ यूह 1:1-2
    2 पदहरू
    72%

    1¶ सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्

    2(अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);

  • 45र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”

  • 22पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”

  • 37येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”

  • 6उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।

  • 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • 2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”