यूहन्ना 19:35

अनलक शाब्दिक बाइबल

जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 21:24 : 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।
  • यूह 15:27 : 27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।
  • १ यूह 1:1-3 : 1 ¶ सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन् 2 (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो); 3 जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ ।
  • यूह 20:31 : 31 तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
  • प्रेरि 10:39 : 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
  • रोमी 15:4 : 4 किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
  • इब्रा 2:3-4 : 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो । 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
  • १ पत्रु 5:1 : 1 ¶ सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
  • यूह 17:20-21 : 20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्, 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।
  • यूह 19:26 : 26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!”
  • यूह 11:15 : 15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।”
  • यूह 11:42 : 42 म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”
  • यूह 14:29 : 29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।
  • १ यूह 5:13 : 13 मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 19:33-34
    2 पदहरू
    82%

    33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे । त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।

    34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।

  • यूह 19:36-37
    2 पदहरू
    80%

    36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”

    37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”

  • 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।

  • यूह 3:32-33
    2 पदहरू
    75%

    32उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।

    33उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।

  • यूह 5:32-34
    3 पदहरू
    75%

    32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।

    33तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।

    34तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु ।

  • 34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”

  • 6उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।

  • 8त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।

  • 17उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।

  • 11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

  • 2परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।

  • १ यूह 5:9-10
    2 पदहरू
    71%

    9हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।

    10जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।

  • 27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

  • 37येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”

  • 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”

  • यूह 20:29-31
    3 पदहरू
    70%

    29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”

    30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,

    31तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।

  • 25पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”

  • 7उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।

  • यूह 12:44-45
    2 पदहरू
    69%

    44येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,

    45र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”

  • यूह 4:41-42
    2 पदहरू
    69%

    41उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।

    42तिनीहरूले ती स्‍त्रीलाई भने, “तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ, किनकि हामी आफैँले सुनेका छौँ र हामी जान्दछौँ, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”

  • 26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!”

  • 38धर्मशास्‍त्रले भनेझैँ जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”

  • 45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।

  • 12डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।

  • 22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

  • यूह 8:17-18
    2 पदहरू
    69%

    17हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।

    18मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”

  • 39जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।”

  • 13फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”

  • यूह 19:23-24
    2 पदहरू
    68%

    23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो ।

    24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”

  • 38यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?”

  • 57कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,

  • 36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।

  • 15किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।

  • 32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।

  • 38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।

  • 39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।

  • 40जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।

  • 47साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।