यूहन्ना 20:25

अनलक शाब्दिक बाइबल

पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मर 16:11 : 11 तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् ।
  • लू 24:25 : 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?
  • लू 24:34-41 : 34 तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।” 35 त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए । 36 जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे । 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ? 39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।” 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो । 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
  • यूह 1:41 : 41 अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) लाई भेट्टाएका छौँ ।”
  • यूह 6:30 : 30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ?
  • यूह 20:14-20 : 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् । 15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।” 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्छ, “गुरु” ) । 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।” 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।” 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 20 जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
  • यूह 21:7 : 7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
  • प्रेरि 5:30-32 : 30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो । 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो । 32 हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
  • प्रेरि 10:40-41 : 40 परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो, 41 सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
  • १ कोरि 15:5-8 : 5 त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो । 6 त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन् । 7 त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो । 8 अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो ।
  • इब्रा 3:12 : 12 भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् ।
  • इब्रा 3:18-4:2 : 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र? 19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ । 1 ¶ यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्‍चित हुन नपरोस् । 2 किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्‍नेहरूले विश्‍वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्‍नेहरू जसले विश्‍वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन ।
  • इब्रा 10:38-39 : 38 मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन ।” 39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।
  • अय्यू 9:16 : 16 मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर म विश्‍वास गर्दिनँ ।
  • भजन 78:11-22 : 11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से । 12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से । 13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो । 14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो । 15 उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो । 16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो । 17 तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे । 18 आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए । 19 तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र? 20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?” 21 जब परमप्रभुले यो सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो, 22 किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
  • भजन 78:32 : 32 यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् ।
  • भजन 95:8-9 : 8 “मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार, 9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे । 10 किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
  • भजन 106:21-24 : 21 तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो । 22 उहाँले हामको देशमा अचम्‍मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो । 23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए । 24 त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्,
  • मत्त 16:1-4 : 1 ¶ फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे । 2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’ 3 र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ । 4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
  • मत्त 27:42 : 42 “उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 20:26-30
    5 पदहरू
    87%

    26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

    28थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”

    29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”

    30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,

  • 24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।

  • यूह 20:18-20
    3 पदहरू
    80%

    18मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखेँ ।”

    19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    20जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।

  • लू 24:39-41
    3 पदहरू
    78%

    39मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”

    40जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।

    41तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”

  • यूह 20:8-10
    3 पदहरू
    77%

    8त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।

    9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।

    10यसकारण चेलाहरू फेरि घर गए ।

  • यूह 11:15-16
    2 पदहरू
    73%

    15म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।”

    16दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”

  • 48तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”

  • यूह 20:5-6
    2 पदहरू
    72%

    5तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।

    6सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,

  • 11तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् ।

  • 2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।

  • मर 16:13-14
    2 पदहरू
    70%

    13तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।

    14[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।

  • 36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।

  • 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर ।

  • 22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

  • 11म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।

  • 3तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए ।

  • यूह 10:37-38
    2 पदहरू
    68%

    37यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।

    38तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”

  • यूह 20:13-15
    3 पदहरू
    68%

    13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”

    14जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् ।

    15येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”

  • 5थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्‍ने?”

  • 25येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?

  • लू 24:36-37
    2 पदहरू
    68%

    36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”

    37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।

  • 37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”

  • 37तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।

  • 22यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्‍न?”

  • 22उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।

  • 40येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ?”

  • यूह 16:16-17
    2 पदहरू
    67%

    16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

    17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?”

  • 9येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”

  • 11तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन् ।

  • 17जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे ।

  • 11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

  • 34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”