यूहन्ना 14:5

अनलक शाब्दिक बाइबल

थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्‍ने?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 11:16 : 16 दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”
  • यूह 15:12 : 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
  • यूह 20:25-28 : 25 पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।” 26 आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।” 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”
  • इब्रा 5:11-12 : 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
  • मर 8:17-18 : 17 येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्? 18 तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?
  • मर 9:19 : 19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।”
  • लू 24:25 : 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 14:1-4
    4 पदहरू
    89%

    1¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।

    2मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।

    3म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।

    4तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”

  • यूह 14:6-9
    4 पदहरू
    81%

    6येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।

    7यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”

    8फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।”

    9येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”

  • यूह 13:36-37
    2 पदहरू
    77%

    36सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”

    37पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”

  • 5तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ ।

  • 16दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”

  • यूह 8:21-22
    2 पदहरू
    75%

    21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”

    22यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो?”

  • यूह 16:16-19
    4 पदहरू
    75%

    16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

    17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?”

    18त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।”

    19तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।”

  • 33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’

  • 14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।

  • यूह 14:22-23
    2 पदहरू
    73%

    22यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्‍न?”

    23येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”

  • यूह 6:67-68
    2 पदहरू
    73%

    67तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?”

    68सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ ।

  • यूह 3:10-11
    2 पदहरू
    72%

    10येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?

    11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

  • 7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”

  • 31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • यूह 20:24-29
    6 पदहरू
    71%

    24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।

    25पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”

    26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

    28थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”

    29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”

  • 30अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”

  • 34तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”

  • 57जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”

  • 36यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो?”

  • 20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

  • 28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

  • 19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”

  • 29हामी जान्दछौँ, कि परमेश्‍वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।”

  • 27तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”

  • 35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन ।

  • 13तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”

  • 17सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।

  • 24मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?

  • 16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

  • 34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”

  • 9तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्?