लूका 7:18

अनलक शाब्दिक बाइबल

यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 11:2-9 : 2 अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए, 3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?” 4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ । 5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ । 6 अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।” 7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई? 8 तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई? वास्तवमा मलमलको कपडा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ । 9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई । 10 उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’ 11 साँच्‍चै म तिमीहरूलाई भन्दछु, स्‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस उनीभन्दा महान् हुन्छन् । 12 बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् । 13 किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए । 14 अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् । 15 जससँग सुन्‍ने कान छ, त्यसले सुनोस् । 16 यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ, 17 र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौँ, र तिमीहरू रोएनौ ।’ 18 किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’ 19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”
  • यूह 3:26 : 26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 7:19-20
    2 पदहरू
    83%

    19तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?

    20जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?”

  • मत्त 11:2-4
    3 पदहरू
    81%

    2अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,

    3र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?”

    4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 17येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।

  • यूह 3:25-26
    2 पदहरू
    80%

    25त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।

    26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • 13अनि उहाँले बप्‍तिस्मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्‍ने कुरा चेलाहरूले बुझे ।

  • 19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।

  • यूह 1:33-37
    5 पदहरू
    76%

    33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’

    34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”

    35फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,

    36तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!”

    37यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।

  • 33तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन् ।

  • 22येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।

  • 24यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई?

  • यूह 10:40-41
    2 पदहरू
    75%

    40उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।

    41धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”

  • 28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।

  • 7जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई?

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • यूह 4:1-2
    2 पदहरू
    74%

    1¶ अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,

    2(यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए)

  • 5त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।

  • 27यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।

  • 14त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”

  • 29जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ, जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए ।

  • 3यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।

  • 1¶ ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 7अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।

  • 2उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन् ।”

  • 17जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।

  • 9हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।

  • 25तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ?”

  • 15तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।

  • 7उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।

  • 7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”

  • यूह 1:6-7
    2 पदहरू
    72%

    6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।

    7उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।

  • 18यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”

  • 3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”

  • यूह 1:30-31
    2 पदहरू
    72%

    30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।

    31म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”

  • 33किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।

  • 15यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ ।”

  • 24येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।