यूहन्ना 7:3

अनलक शाब्दिक बाइबल

यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 12:46 : 46 जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
  • यूह 7:5 : 5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे ।
  • यूह 7:10 : 10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
  • प्रेरि 2:14 : 14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस् ।
  • मत्त 22:16-17 : 16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न । 17 त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
  • मर 3:31 : 31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।
  • लू 8:19 : 19 त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
  • उत्प 37:5-9 : 5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 6 उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् । 7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ” 8 उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।” 10 आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?” 11 उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
  • उत्प 37:20 : 20 अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।”
  • १ शमू 17:28 : 28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
  • यिर्मि 12:6 : 6 किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 7:4-11
    8 पदहरू
    83%

    4यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”

    5किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे ।

    6त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।

    7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।

    8तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”

    9उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।

    10तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।

    11यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”

  • यूह 11:7-8
    2 पदहरू
    78%

    7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”

    8चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ?”

  • 3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।

  • यूह 2:12-13
    2 पदहरू
    74%

    12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।

    13यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।

  • यूह 7:1-2
    2 पदहरू
    74%

    1¶ अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।

    2यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।

  • 7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

  • लू 7:17-18
    2 पदहरू
    73%

    17येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।

    18यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

  • यूह 3:21-22
    2 पदहरू
    73%

    21तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।

    22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • मर 3:31-32
    2 पदहरू
    72%

    31उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।

    32एउटा भिड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”

  • यूह 7:35-36
    2 पदहरू
    72%

    35त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ? के यिनी ग्रिकहरूका बिचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन्?”

    36यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो?”

  • 43दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।

  • 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

  • 1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

  • लू 8:19-20
    2 पदहरू
    71%

    19त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।

    20र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”

  • 30यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ?

  • मत्त 12:46-47
    2 पदहरू
    70%

    46जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।

    47कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”

  • 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • 8किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।

  • 4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 40उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।

  • 28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”

  • 56अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त?”

  • 45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

  • 31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • 54येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।

  • 1¶ यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।

  • 9अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।

  • 3“के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।

  • यूह 7:13-14
    2 पदहरू
    68%

    13तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।

    14जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।

  • 1¶ यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?

  • 1¶ अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,

  • 17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?”