यूहन्ना 7:2

अनलक शाब्दिक बाइबल

यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 14:16-19 : 16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् । 17 ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन । 18 यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ । 19 छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।
  • निर्ग 23:16-17 : 16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ । 17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
  • गिन 29:12-38 : 12 सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ । 13 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले 14 तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी, 15 र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्‍नबलिको रूपमा चढाउनुपर्छ । 16 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 17 सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 18 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 19 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 20 सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 21 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 22 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 23 सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 24 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 25 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 26 सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 27 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 28 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 29 सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 30 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 31 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 32 सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 33 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 34 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 35 आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्‍नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन । 36 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । 37 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ । 38 तिमीहरूले नियमित होमबलि, यसको अन्‍नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्‍त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।
  • व्यव 16:13-16 : 13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू । 14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ । 15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।
  • १ राजा 8:2 : 2 एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए ।
  • १ राजा 8:65 : 65 यसैले सोलोमनले त्यस बेला एउटा चाड मनाए । त्यहाँ लेबो-हमातदेखि मिश्रको खोलासम्मका सारा इस्राएल, ठुलो समुदायले परमप्रभु हाम्रा परमेश्वरको सामु सात दिन र अर्को सात दिन गरी जम्मा चौध दिनसम्म चाड मनाए ।
  • २ इति 7:9-9 : 9 आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड सात दिनसम्‍म मानेका थिए । 10 परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए ।
  • एज्रा 3:4 : 4 लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।
  • नहे 8:14-18 : 14 सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए । 15 तिनीहरूले तिनीहरूका सबै सहर र यरूशलेममा यसो भन्दै घोषणा गर्नुपर्छ, “लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून, जङ्गली जैतून, मेहदी, खजूरका हाँगाहरूसाथै अन्य पातहरू भएका हाँगाहरू लिएर आओ ।” 16 तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए । 17 निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्यसैले तिनीहरू बडो आनन्दित भए । 18 यसबाहेक, पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनप्रतिदिन एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढ्ने गर्थै । तिनीहरूले सात दिनसम्म चाड मनाए, र आज्ञाअनुसार आठौँ दिनमा पवित्र सभा थियो ।
  • लैव्य 23:34-43 : 34 “इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ । 35 पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू । 36 सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू । 37 यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ । 38 परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् । 39 छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ । 40 पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू । 41 हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् । 42 तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्, 43 ताकि तिमीहरूका वंशले पुस्तौँ-पुस्तासम्म यो जानून्, कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।

  • 4(यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )

  • यूह 5:1-2
    2 पदहरू
    78%

    1¶ यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।

    2यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन् ।

  • यूह 7:8-11
    4 पदहरू
    78%

    8तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”

    9उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।

    10तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।

    11यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”

  • 13यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।

  • यूह 7:13-14
    2 पदहरू
    75%

    13तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।

    14जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।

  • 34“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।

  • 3यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।

  • 13तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू ।

  • यूह 10:22-23
    2 पदहरू
    72%

    22त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।

    23यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो ।

  • यूह 11:55-56
    2 पदहरू
    72%

    55अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।

    56तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?”

  • नहे 8:14-17
    4 पदहरू
    72%

    14सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए ।

    15तिनीहरूले तिनीहरूका सबै सहर र यरूशलेममा यसो भन्दै घोषणा गर्नुपर्छ, “लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून, जङ्गली जैतून, मेहदी, खजूरका हाँगाहरूसाथै अन्य पातहरू भएका हाँगाहरू लिएर आओ ।”

    16तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए ।

    17निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्यसैले तिनीहरू बडो आनन्दित भए ।

  • २ इति 7:8-9
    2 पदहरू
    71%

    8यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रदेशको खोलासम्‍मको एउटा ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड मनाए ।

    9आठौं दिनमा तिनीहरूले धार्मिक सभा राखे, किनकि तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड सात दिनसम्‍म मानेका थिए ।

  • 3इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए ।

  • 37चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।

  • 1¶ अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ ।

  • 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

  • 42तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्,

  • 7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”

  • 10मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “हरेक सात वर्षको अन्त्यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा, छाप्रो-वासको चाडमा,

  • 1¶ यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।

  • लैव्य 23:39-40
    2 पदहरू
    67%

    39छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।

    40पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू ।

  • 20अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए ।

  • 18यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • 12सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्‍मानमा एउटा पवित्र सभा राख्‍नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।

  • 1¶ यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।

  • मर 14:1-2
    2 पदहरू
    67%

    1¶ यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।

    2किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।”

  • 42जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।

  • 2“इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।

  • 7येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।

  • 18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ?”

  • 13दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।

  • 12अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,

  • 5किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”

  • 6त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।