लैव्यव्यवस्था 23:2
“इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।
“इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।
4परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू ।
5पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो ।
6सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।
7पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।
8तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”
9परमप्रभु मोशासँग यसरी बोल्नुभयो,
1¶ परमप्रभुले मोशालाई भन्नुभयो,
33परमप्रभुले मोशालाई भन्नुभयो,
34“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
35पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
36सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
37यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।
38परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।
39छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।
44यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे ।
14मेरो निम्ति चाड मान्न हरेक वर्ष तिन पटक यात्रा गर ।
1¶ परमप्रभुले मोशालाई भन्नुभयो,
2“ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
21त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।
12सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।
26अनि परमप्रभुले मोशालाई भन्नुभयो,
2तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
2“इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।
16पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस् । यी दिनमा कुनै पनि काम गरिनेछैन । तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू । तिमीहरूले गर्न सक्ने काम यही मात्र हुनेछ ।
12तब परमप्रभुले मोशालाई भन्नुभयो,
13“इस्राएलीहरूलाई भन्, 'तिमीहरूले निश्चय नै परमप्रभुको शबाथ-दिन मान्नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्नेछौ ।
23परमप्रभुले मोशालाई भन्नुभयो,
24“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
22गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्नू, र वर्षको अन्त्यमा अन्न भित्र्याउने चाड मान्नू ।
2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
30तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
1¶ परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।'
25तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
26अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
16तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्नू । खेतहरूबाट तिमीहरूले अन्न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्न भित्र्याउने चाड मनाओ ।
17तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
1¶ परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि
17परमप्रभुले मोशालाई भन्नुभयो,
18पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
20मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।”
15परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्नू किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।
41हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् ।
2“हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः
1¶ मोशाले इस्राएलका सारा समुदायलाई भेला गरी तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई गर्नू भनी आज्ञा दिनुभएका कुराहरू यी नै हुन् ।
2“इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् ।
14यो दिन तिमीहरूका लागि सम्झनाको दिन हुनेछ र यसलाई तिमीहरूले परमप्रभुको निम्ति चाडको रूपमा मान्नू । तिमीहरूको पुस्तौँसम्म रहिरहने विधिको रूपमा यसलाई तिमीहरूले सधैँ मान्नू ।
1¶ तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,