यूहन्ना 10:40

अनलक शाब्दिक बाइबल

उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 1:28 : 28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।
  • यूह 3:26 : 26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
  • यूह 7:1 : 1 ¶ अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
  • यूह 11:54 : 54 येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 3:22-24
    3 पदहरू
    81%

    22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

    23अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए ।

    24किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।

  • यूह 4:1-3
    3 पदहरू
    80%

    1¶ अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,

    2(यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए)

    3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।

  • 28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।

  • यूह 10:41-42
    2 पदहरू
    78%

    41धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”

    42त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे ।

  • 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • 1¶ येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो ।

  • मत्त 19:1-2
    2 पदहरू
    76%

    1¶ जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।

    2एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • 39तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।

  • 40त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।

  • 43दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।

  • मत्त 4:12-13
    2 पदहरू
    75%

    12अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।

    13उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।

  • 9उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।

  • 35फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,

  • 54येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।

  • 5त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।

  • मर 1:9-10
    2 पदहरू
    74%

    9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।

    10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।

  • 39उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।

  • 13त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।

  • 45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन । यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए ।

  • 42जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे ।

  • यूह 11:6-7
    2 पदहरू
    72%

    6त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।

    7यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फेरि यहूदियातिर जाऔँ ।”

  • 12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।

  • 1¶ यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।

  • 37यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।

  • 18यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।

  • 54येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो ।

  • यूह 1:32-33
    2 पदहरू
    71%

    32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।

    33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’

  • 7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

  • 25गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।

  • 17त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो ।

  • 13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।

  • 5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 3उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।

  • 22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे ।

  • 25तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”

  • 1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

  • 30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।